“
“ज्यान मार्ने मुद्दाका फरार प्रतिबादि ३ बर्ष पछि पक्राउ”
असाेज २७ ,काठमाडौं
अपराध महाशाखाबाट खटिएकाे विशेष टाेलीले ज्यान मार्ने मुद्दाका फरार प्रतिबादीलाई ३ वर्षपछि पक्राउ गरेकाे छ ।
२०७४ असार ९ गते बिहानको समयमा काठमाण्डौ कमलादि स्थित टाईम्स क्लबको पार्किङ स्थलमा चेङ्गा तामाङलाई ब्यक्तिगत रिसिभिका कारण काजि लामा समेत ५ जनाको समुहले ईटा, रड र हेलमेट प्रहार गरि गम्भिर घाईते बनाएका थिए ।
सो घटना प्रश्वात फरार रहेका मुख्य अभियुक्त काभ्रेपलाञ्चाेक जिल्ला रोशि गाउपालीका ५ स्थाई घर भई हाल काठमाण्डौ बौद्ध बस्ने काजि लामा भन्ने रोज कुमार लामालाई २०७७ असाेज २७ गते पक्राउ गरेकाे हाे ।
घटनामा संलग्न प्रतिबादीलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी बृत कमल पोखरी पठाईएको प्रहरीले जनाएकाे छ ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न