जेसिजकाे राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा सिग्देलकाे उम्मेद्वारी

  •   काभ्रे
  •   ६ कार्तिक २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

जेसिजकाे राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा सिग्देलकाे उम्मेद्वारी

नेपाल जेसिजकाे राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा भकुण्डेबेसी जेसिजका पुर्व अध्यक्ष काभ्रेपलाञ्चाेक बेथानचाेक निवासी रूकमणी सिग्देलकाे उम्मेद्वारी परेकाे छ।
सिग्देल क्षमता अभिवृद्धि समिति राष्ट्रिय संयाेजक समेत हुनुहुन्छ ।
४७ औ महाधिवेशन  नजिकिदै गर्दा देशभरिका १६१  शाखाका पदाधिकारीबाट सम्पन्न हुने मतदानमा सिग्देलकाे उम्मेदवारी परकाे हाे ।
शिक्षा ,व्यवसाय ,साहित्यिक एवं सामाजिक अभिन्ताकाे रूपमा चिरपरिचित सिग्देल समाजमा प्रतिभावान  महिलाकाे रूपमा चिनिनुभएकाे छ।राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा काभ्रे जिल्लाबाट पहिलाे महिला उम्मेदवारी रहनुभएकाे छ।

बुटवलको भलबारीमा पुस १ गते देखि ४ गते सम्म हुने महाधिवेशनमा देशभरबाट ४ क्षेत्रमा ४ जना राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष निर्वाचित हुने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *