जेठ १५ गते शनिबार तपाईंको आजकाे भाग्यफल

  •   काभ्रे
  •   १५ जेष्ठ २०७८, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

२०७८ जेठ १५ गते शनिबार

आजकाे राशिफल

मेष

नयाँ साथीसँगको संवादले मन प्रफुल्लित बनाउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । न्यायीक क्षेत्रमा सफलता मिल्ला । आर्थिक पक्ष मध्यम रहनेछ ।

बृष
कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ ।

मिथुन
मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ । खानपिनमा ध्यान दिनुहोला ।

कर्कट

रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ ।

सिंह

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । अध्यापनको क्षेत्रमा प्रगतिको खबर पनि सुन्न पाउनु हुनेछ ।

कन्या
आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ ।

तुला

केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी ।

बृश्चिक

आँटेको र ताकेको कार्य पूरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

धनु

लामो समयका अधुरा कामहरू पूरा हुनेछन् । शुभ कार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

मकर

जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्नता । पारिवारिक कलह ।

कुम्भ

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ ।

मीन

आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *