भाद्र १८ गते
काभ्रेपलाञ्चाेक जिल्ला नमाेबुद्ध नगरपालिका–८ दाप्चाबजार नजिकै घरमा रहेकी बुहारीलाई बन्चरो प्रहार गरी हत्या गरेका छन्। घरायसी विवादका कारण आँगनमा भाडा माझिरहेकी बुहारीलाई बन्चरो प्रहार गरी हत्या गर्ने जेठाजुलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ८ स्थित डराउनेपोखरीमा आफ्नै जेठाजुद्वारा बुहारीलाई बञ्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
बिहिबार बिहान ३५ वर्षीय बुहारी रञ्जना अधिकारीलाई उनकै जेठाजु सुदर्शन अधिकारीले बञ्चरो प्रहार गरी हत्या गरेका हुन । बञ्चरो प्रहार गर्ने अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्थानीयका अनुसार मृतकको दाम्पत्य जीवनमा सामान्य खटपट पर्दै आएको थियो । मृतक रञ्जना डराउनेपोखरीको एक स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएकी थिइन् । हत्या आरोपी सुदर्शन अधिकारी लकडाउन अघि भारतबाट फर्कीआएर घरमै बस्दै आएको र घरायसी विवादका कारण हत्या भएको हुनसक्ने प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ (ज्यान सम्बन्धी कसुर) कर्तव्य ज्यान मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरी प्रवक्ता डिएस्पी थापाले जानकारी दिनुभयो ।
उनका अनुसार थप अनुसन्धानका लागि हत्या आरोपीलाई पक्राउ गरी प्रक्रिया अघि बढाइएको बताउनुभयाे ।
छाेरा कुशल अधिकारीकाे स्टाटस

सामाजिक सञ्जालमा लेखिएको छ–‘मेरो ममिलाई जसले मारेको हो त्यसले फासी पाओस । मेरो बाबा र ठुलो बाबाले रक्सि खाएर ममिसँग पैसा माग्न आउनु हुन्थ्यो । बाबाले ममिलाई पिट्न आउनु हुन्थ्यो । मैले बाबाले पिट्न आउँदा पिट्न दिन्नथें । म मामाघरमा हुँदा मेरो ममिलाई मारे । मलाई र ममिलाई रिस उठायौ भने काटेर हिड्छु भन्नु भाको थियो बाबा र ठुलोबाबाले ।’ उनि मामाघरमा छन् । मामा घरबाट उनले ममिको हत्याका बारेमा तत्काल कारवाहीका लागि माग गरेका छन् ।