जुलुस र सभाबाट काेराेना सर्न सक्नेे :-स्वास्थ मन्त्रालय

  •   काभ्रे
  •   ३१ जेष्ठ २०७७, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

काठमान्डाै


पछिल्ला दिनमा राजधानी काठमाडौँलगायत देशका विभिन्न स्थानमा अनावश्यकरुपमा भइरहेको प्रदर्शनका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । दैनिक हजारौको संख्यामा निकालिएको जुलुस र सभा हुने गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदर्शनका क्रममा नारा लगाउँदा कोरोना भाइरस सङ्क्रमित भएका व्यक्तिबाट कोरोनाको भाइरस सङ्क्रमण हुने सम्भावना बढी हुने भन्दै सावधानी अपनाउन सुझाव दिएको छ।अनावश्यकरुपमा भीडभाड गर्दा वा नारा जुलुस गर्दा कोरोनाको सङ्क्रमण फैलिएको खण्डमा सरकारले बढाउने भनेको परीक्षणको सङ्ख्या र मात्रासमेत अपुग हुने सम्भावना रहन्छ । प्रदर्शनमा एक जना मात्रै सङ्क्रमित व्यक्ति उपस्थित भए त्यसले सयौँलाई सार्ने सम्भावना रहन्छ ।
मन्त्रालयले लकडाउनका समयमा अनावश्यकरुपमा भीडभाड नगर्न तथा प्रदर्शन नगर्न र नगराउनसमेत आग्रह गरेको छ । पछिल्ला दिनमा सङ्क्रमणको मात्रा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा कूल २७३ जनामा नयाँ सङ्क्रमण देखिएको छ । उक्त सङ्ख्यासहित कूल सङ्क्रमितको सङ्ख्या पाँच हजार ३३५ पुगेको छ । यस्तै क्वारेन्टिनमा रहेकाको सङ्ख्या एक लाख ५० हजार बढी रहेका छन् ।
लकडाउनका समयमा समाजिक दूरी कायम गर्नुपर्ने तथा स्वास्थ्य सुरक्षा अपनाउनुपर्ने भए पनि विभिन्न नाममा भइरहेको प्रदर्शनले थप जोखिम बढाएको छ । शान्तिपूर्णरुपमा भेला हुन पाउने र विरोध प्रदर्शन गर्न पाउने नागरिकको हक भए पनि विपद्को समयमा सरकारको आग्रहलाई लत्याएर गरिने व्यवहारले थप त्रास र भय सिर्जना गरेको पाइएको छ ।परिवारका एक सदस्यमा सङ्क्रमण भएका खण्डमा ज्येष्ठ नागरिक, दीर्घरोगी, सुत्केरी, बालबालिकालाई पनि बढी जोखिम हुनसक्छ । रोग सरेको खण्डमा त्यसले परिवार, समाज र राष्ट्रलाई पार्ने जोखिम असाध्यै ठूलो मूल्य चुकाउनुपर्ने हुन जान्छ ।हाल कायम रहेको बन्दाबन्दीलाई थप व्यवस्थित बनाउँदै दैनिक सामाजिक क्रियाकलापलाई सञ्चालन गर्न मन्त्रालयद्वारा ‘कोभिड–१९ महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्य मापदण्ड’ तयार गरी लागू गरिएका कारण त्यसलाई पूर्णरुपमा पालना गर्नु नागरिकको कर्तव्य हो । पछिल्ला दिनमा भइरहेका प्रदर्शनले सो मापदण्डकोसमेत बर्खीलाप गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *