जुभन्टसले इटालियन सिरी ए मा एसी मिलानसँग लज्जास्पद हार

  •   काभ्रे
  •   २४ असार २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौं

अंक तालिकाको शीर्षस्थानमा रहेको साविक विजेता  जुभन्टस मंगलबारको खेलमा लज्जास्पद एसी मिलानको घरेलु मैदान सान सिरोमा ४-२ ले पराजित भयो ।क्रिस्टियानो रोनाल्डोको गोलका बाबजुद जुभन्टसले इटालियन सिरी ए मा एसी मिलानसँग लज्जास्पद हार बेहोरेको हाे।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भने ६ गोल भएको थियो ।


युभेन्टसले दोस्रो हाफको सुरुवाती ८ मिनेटमा नै २-० को अग्रता लिएपनि १८ मिनेटको अन्तरमा लगातार ४ गोल खायो ।
दोस्रो हाफको ४७ औं मिनेटमा फ्रान्सेली मिडफिल्डर एड्रीएन राबीओटले उत्कृष्ट गोल गर्दै जुभन्टसलाई अग्रता दिलाएका थिए ।


अग्रता लिएको ६ मिनेटमा नै ज्युभेन्टसले क्रिस्टियानो रोनाल्डोको गोलमा २-० ले अगाडी बढ्यो ।
खेलको ६२ औं मिनेटमा घरेलु टोली मिलानले भिडियो असिस्टेन्ट रेफ्रीको सहायताले पेनाल्टी पायो ।
लिओनार्डो बोनुचीले कर्नरमा ह्यान्ड गरेपछि रेफ्रीले रिप्ले हेरेर पेनाल्टी दिएका थिए । फरवार्ड ज्लाटन इब्राहिमोभिचले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै खेलमा फर्कने संकेत दिए ।
८० औं मिनेटमा जुभन्टसको कमजोर डिफेन्सको फाइदा उठाउँदै रेबिचले गोल गरे । गिआकोमो बोनाभेन्चुराले डिफेन्डरले दिएको पास आफ्नो नियन्त्रणमा लिँदै दिएको पासमा रेबिचले गोल गरेका थिए ।

हेर्नुस खेलकाे भिडियाे:-


यस हारका बाबजुद पनि जुभन्टस अंक तालिकाको शीर्षस्थानमा ७ अंकले अगाडी रहेको छ । जुभन्टसको ३१ खेलमा ७५ अंक छ । मिलान भने ३१ खेलमा ४९ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *