जिल्ला प्रहरी कार्यालय कास्कीले कलर काेडिङ सहितकाे भिजिटर कार्डकाेे व्यवस्था

  •   पाेखरा
  •   १५ भाद्र २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

जिल्ला प्रहरी कार्यालय कास्की पाेखराले कलर काेडिङ सहितकाे भिजिटर कार्डकाे व्यस्था गरेकाे छ ।सेवा प्रवाहलाई छिटो छरितो तथा थप व्यवस्थित गर्नको लागि भिजिटर काेडिङकाे व्यवस्था मिलाएकाे हाे :-प्रमुख उपरिक्षक (एस्पी)जीवन श्रेष्ठ

भाद्र १५ गते पाेखरा

जिल्ला प्रहरी कार्यालय कास्की पाेखराले  कलर काेडिङ सहितकाे भिजिटर कार्डकाे व्यवस्था गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालयमा काम बिशेष तथा भेटघाटको लागि आउने सेवाग्राही तथा आगन्तुकहरुमा प्रदान गरिने सेवा प्रवाहलाई छिटो छरितो तथा थप व्यवस्थित गर्नको लागि
भिजिटर काेडिङकाे व्यवस्था मिलाएकाे प्रमुख उपरिक्षक (एस्पी)जीवन श्रेष्ठले बताउनु भयाे ।

   मिति २०७७  भाद्र १५  गते साेमबारबाट कलरकोड सहितको भिजिटिर कार्ड निर्माण गरी प्रयोगमा ल्याईएको हाे। ११ वटा कलर काेडले अंकित भिजिटिर कार्डले प्रहरी कार्यलयमा अाउने सेवाग्राहीहरूलाई धेरै सहज हुने भएकाे छ ।
हरेक फाटलाई छुट्टाछुट्टै कलर पास रहेकाे छ   ,एउटा फाटमा जानू पर्ने अर्काे मा अलमल हुने छैन ।यसाेहुदा सेवाग्राही कुन कामको लागि आएको हो ?, कति नम्बर कोठामा कुन शाखामा जानुपर्ने हो स्पष्ट हुनेछ ।अनावश्यक भेटघाट र भिडभाड कम हुँदा प्रहरी कर्मचारीले गर्ने काममा समेत प्रभावकारीता आउने देखिन्छ ।कुन मिति र समयमा कुन व्यक्ति कार्यालय प्रवेश गर्नुभयो भन्ने कुराको अभिलेख समेत रहने भएकाले कन्ट्राक ट्रेसिङ गर्न पनि सहज हुने भएकाे छ ।
प्रहरी कार्यालयकाे  सुरक्षामा समेत थप प्रभावकारी हुने भएकाले कलर पासकाे व्यवस्था मिलाएकाे उपरिक्षक श्रेष्ठले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *