जाेगिन्दर पानवाला काे गाईजात्रे काेशेली ” ओम बकम्फुसाय नम: चाँडै आउँदै

  •   काभ्रे
  •   ७ श्रावण २०७८, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

जाेगिन्दर पानवालाकाे ओम बकम्फुसाय नम:

चर्चित हाँस्य कलाकार शिव शँकर रिजाल “जाेगिन्दर पानवाला” काे २० औ गाईजात्रे काेशेली ” ओम बकम्फुसाय नम: चाँडै आउँदै छ।

ओ यश आर डिजिटल यु ट्युव च्यानल मार्फत बजार मा आउन लागेकाे गाईजात्रे काेशेलीमा प्याराेडी गित मार्फत राजनितिक दलका नेताहरुलाई ब्यङ्ग प्रहार गरिएकाे छ ।

हुकुम बक्सियाेस प्याराेडी गित मार्फत नेताहरुकाे रमाईलाे प्रस्तुति देख्न पाईने उक्त गाईजात्रे प्रस्तुतिमा दमन रुपाखेती, शशी बिक्रम थापा, शिव सँकर रिजाल, घनश्याम गाैतम (नक्कली प्रचण्ड), राधिका हमाल, सुरेश तिमल्सिना (नक्कली ओली), सबु लामिछाने , बेदमणि अधिकारी, प्रेम शर्मा पाैडेल लगायतका कलाकारकाे अभिनय रहेकाे छ ।

बि स २०६१ साल देखि हरेक बर्ष निरन्तर गाईजात्रा प्रस्तुति बजारमा ल्याएका “जाेगिन्दर शिव सँकर” गाईजात्रा हाँस्य कलाकारहरुकाे महान पर्व भएकाेले गाईजात्रामा कार्यक्रम गर्नु हाँस्य कलाकारकाे धर्म नै हाे भन्छन् ।

म्युजिक बैँकमा रेकर्ड भएकाे हुकुम बक्सियाेस प्याराेडी गितलाई शिव शँकर रिजाल “जाेगिन्दर” र शँकर कार्कि ले लेखेका हुन् भने स्वर शशी बिक्रम थापा र राधिका हमालकाे रहेकाे छ।

Leave a Reply

Your email address will not be published.