जाममा परेकी महिला गर्भवती ,बाटैमा पाईन बच्चा :-प्रहरीले गर्याे उद्धार /काभ्रेपलान्चोक

  •   काभ्रे
  •   १९ असार २०७८, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

नेपाल प्रहरीले “आमा र बच्चालाई उद्धार गरी अस्पताल भर्ना”

                यात्रुबाहक बसमा सवार एक महिलाले नवजात शिशु (छाेरी)लाई जन्मदिएकि छिन ।
शुक्रबारदेखि निरन्तर परेको अविरल वर्षाकाे कारण काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका वडा नं. १२ माम्ती खोलामा बाढी पहिरो गई बि.पि. राजमार्ग सडक खण्ड अबरोध भएकाे थियाे।

सिन्धुलीतर्फबाट आईरहेका सवारी साधानहरु र यात्रुहरु जाममा परी रोकिएको अवस्थामा उक्त स्थानमा रहेका गाडीहरु मध्ये एक भाडाको बसमा सवार भई काठमाण्डौ तर्फ आउदै गरेको एक महिला लाई लामो समय सम्म जाममा परेकाले सुत्केरी व्यथाले च्यापेकाे थियाे ।उनले सोही स्थानमा नवजात शिशु (छोरी) लाई जन्मिएकाे जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोककाे सुचना अधिकारी एवं प्रहरी प्रवक्ता नायव उपरीक्षक हरी खतिवडाले जानकारी दिनुभयाे ।

सुत्केरी व्यथा लागेकी महिलालाई तत्काल उक्त स्थानमा खटिएको प्रहरी टोलीले उद्धार गरी प्रहरीको मोबाईल गाडीमा राखी उपचारको लागि धुलिखेल अस्पतालमा पुर्याएकाे खतिवडाले बताउनु भयाे ।

  उनका अनुसार जिल्ला प्रहरी कार्यालयको समन्वयमा उक्त अस्पतालको (ओ सि एम सि) “अस्पतालमा आधारित एकद्धार संकट व्यबस्थापन केन्द्र” द्धारा नि:शुल्क उपचारको व्यवस्था मिलाईएको हाे ।

बाटाेमै गर्भवती भएकी महिलाकाे समयमा उद्धार गरिएकाेले आमा र  शिशु दुबैको अवस्था सामान्य रहेको खतिवडाले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *