जनप्रतिनिधिकाे डायरी :-गंगा प्रसाद घिमिरे

  •   काभ्रे
  •   २१ जेष्ठ २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

जनप्रतिनीधिको डायरी
          गंगाप्रसाद घिमिरे
वडा सदस्य एबं नगर सभासद
बडा नं २ ,बनेपा नगरपालिका
   

                (कथा—ब्यथा)
जनताको दुःखमा साथ दिन नसक्दा चित्त दुखेर आएको छ ।
त्यसैले समयमा नै नगरपालिका, कार्यपालिका, सभासदहरु , कर्मचारीहरु, नागरिकहरुले समयमा सोचौं अन्यथा भाबी पुस्ताले धिर्कार्ने गरी बर्तमानको दायीत्व नभुलौं ।

२०७४ सालको कुरा हो । स्थानिय तहको निर्वाचन घोषणा भइसकेको थियो । गाउँ शहर निर्वाचनको चर्चा परिचर्चा चलिरहेको थियो । सबै पार्टीका अगुवाहरु टिकटको दौडमा लामबद्ध भएका थिए । तीनै पार्टीहरुको एउटा लाइनमा म पनि अन्तिमको दिर्घा उभिएँ । अझै भनौं,मैले समर्थन गरेको नेपाली काँग्रेस पार्टी बाट टिकटको दाबेदार बनें । मनोनयन दर्ताको दिन  नजिकिंदै गर्दा मैले पार्टीको समर्थन पाउने सम्भाबना कम हुँदै गएको थाहा पाएँ । त्यसपछि मैले टिकट नपाउनुपर्ने कारण खोज्न थालें । सबै नेता भन्दा रहेछन् मानिस त ठिकै हो तर अलिक कम उमेरको छ ,अर्को मानिस रोजौं । एउटा मनले हाँसो पनि उठ्यो । ३२ बर्षको उमेरमा बिश्वेश्वर प्रसाद कोइराला प्रधानमन्त्रि भएकै पार्टीको कार्यकर्ता हुँ म । ३२ बर्षको टेकेको छु ।  बाबुआमा म सानो छँदै स्वर्गबास हुनुभयो ।एक हिसाबले टुहुरो ,सानो भाई बृद्ध हजुरआमाको साथमा हुर्केको म बाउन्न ठक्कर त्रिपन्न घुस्सा खाएर पनि अचकल्टो उमेरकै हुँला तर पूणर् मानिस पनि मैले संसारमा भेटेको छैन । सबै सिक्दै ,गर्दै जाने हुन् भन्ने सुनेको छु । मलाई पनि त्यस्तै लाग्छ र जानेकासँग सिकेर गर्नुपर्छ भन्ने सोचेको छु ।  हुन त कत्तिले त यो डाइभरले के वडा चलाउँछ र पनि भनेछन् । जस्ले जस्तो देख्यो, जस्तो सोच्यो त्यस्तै भन्यो । हुन सक्छ ,अनुभबका हिसाबले म बच्चै भएपनि राजनीतिका केही कुरा बुझने भैसकेको थिएँ । राजनीतिमा टिकट नदिन र टिकट दिनका लागी के के हर्कत हुन्छन् थोरै भए पनि थाहा पाइसकेको थिएँ । त्यसैले दाबी नगर्नु गरी सकेपछि ममा पनि प्रतिष्ठाको आगो बल्यो । म  टिकटका लागी हुनसक्ने र गर्नसक्ने सबै जोड घटाऊको प्रपञ्चमा लागें । अन्तमा मैेले संघर्षका बाबज’त वडा सदश्यको टिकट पाएँ .  टिकट पाउन’ मेरो लागी पहिलो जीत थियो किनकी पार्टीमा टिकट लिन’ नै एउटा युद्ध थियो . अब फेरी हिजोको भन्दा धेरै चिन्ताले घेर्यो । चुनाब जित्न सजिलो थिएन । त्यसमा पनि कम्युनिष्ट पार्टीहरुको बाहुल्यता रहेको हाम्रो वडा हामीहरुका लागी फलामको चिउरा नै थियो । मैदानमा ओर्लीसकेपछि पिठ फर्काउने कुरै भएन । म लगायत हाम्रो टिम  कम्मर कस्सेरै लाग्यौं ।  जनताले हामीलाई बिश्वास गर्नुभो, चुनाब हाम्रो टिमले जित्यौं । हामी सबै खुशी भयौं ।


अब अर्को अध्याय शुरु भयो । चुनाब जित्नुमात्र ठूलो कुरा होइन रहेछ । यो जीतलाई कायम राख्न अर्को चुनौतीको बिषय रहेछ । त्यसमा पनि मेरो बनेपा नगरपालिका जहाँ नेपाली काँग्रेसले मुस्किलले ५ वटा वडा  जितेको छ । त्यसमा पनि ४ सदश्य सहित ५ जना जितेको वडा हाम्रो मात्र हो । जित्नुिभत्र पनि बहुमतको जारी रहेछ । जहाँ जहाँ बहुमत सहित जितेका छन् ,उनीहरुमा पनि जनताको सेवा निस्वार्थ गर्ने इच्छा शक्ति चाहिंदो रहेछ . बहुमत  र इच्छा शक्ति सँगै दुरगामी सोच र इमान्दारिता पनि महत्वपूणर् रहेछ । बिडम्बना हाम्रो वडामा बहुमत छ तर नगरमा हाम्रो बहुमत छैन । त्यसैले हामीले चाहेजस्तो न योजना छनौट हुन्छ न त बजेट नै किनकी यहाँ पनि दलको आँखा लाग्दो रहेछ । यस्तै भेद र बिभेदले चलेको छ स्थानीय सरकार ।
तर यी कथा गाएर म र मेरो बडाध्यक्षको समूह पन्छिन वा उम्कन मिल्ने अबस्था छैन र हुँदैन पनि . किनकी हामीलाई कथा लेख्न, दुःखको कहानी सुनाउन , कबिता ,उखान टुक्का  गीत गाउन र नाच्न पठाएको होइन . हामीले बहाँहरुको दुःखमा साथ दिन र समाजको सेवा गर्न पठाएका हुन ।हामी जनताको गोठालो हौं । त्यसलै हाम्रो चिन्ता वहाँहरुको त्यो इच्छा र चाहनामा केन्द्रित गर्ने प्रयत्न गर्नुपर्छ र गरेका पनि छौं तर त्यो पर्याप्त हुन सकेको छैन ।यसमा हाम्रो प्रयास जारी छ । हामी निर्वाचित भए लगत्तै हाम्रो ध्यान भुकम्प पिडितहरु प्रति जानुपर्ने थियो । किनकी हामीलाई मतदान गर्ने दाजुभाइ दिदीबहिनी अधिकांशको टहराको बास थियो । कतिपयको भुकम्प पिडीतको सूचिमा नाम समेत समाबेश नगरिएको अबस्था थियो । सुन्दर गाउँ जस्ताको टहराले भरिएको थियो । हामीले त्यो काम गर्दागर्दा केही तङरिन लागेको हाम्रा वडाबासीको आर्थिक अबस्था फेरी कोरोना भाइरसको कारण कमजोर बन्दैछ । कोरोना भाइरसबाट बच्न घर घर पुगेर जनचेतना, साबुन, स्यानिटाइजर बितरण , सडकहरुमा औषधि छर्कने जस्ता काम गर्यौं ।तर यस बीचमा महामारीले उग्ररुप लिंदै गएको छ । अर्कातिर सुन्दैछु सलह आउँदैछ । यी सबै घटनाक्रमले हामी कृषिमा आधारित कृषकको अबस्थामा ठूलो संकट आउँदैछ भन्ने देखिन्छ । मूला र काउली बारीमै फाल्नुपर्यो । दुध बिक्रि बितरणको स्थिती कमजोर हुदैछ । तर पनि हामीले किसानलाई सहयोग गर्न नसक्दा दुःख लाग्छ । मेरो  वडाध्यक्ष मार्फत नगरपालिकालाई आग्रह छ । यो पटक  बिकास निर्माण भन्दा पनि जीऊ धन जोगाउने अभियानमा प्राथमिकता दिऊ, बाँचियो भने बिकास अर्को बर्ष गरौंला ।यसका लागी नगरपालिकाले सामाजिक दुरी कायम गरेर बिशेष नगरसभा गरोस् र कोरोनाबाट जोगाउन र जनताको संरक्षण र सुरक्षाका लागी बजेटको समुचित प्रबन्ध गरोस् ?  म यो किन भन्दैछु भने जनप्रतिनिधिले सहयोगी संस्था, ब्यक्ति खोजेर जनताको सेवा गर्नुपर्ने भएपछि स्थानीय सरकार भन्नुको के अर्थ रह्यो ? स्थानीय सरकार भनेको छ ,न नीति, न नियम? न निर्देशन ,न बजेट यसरी जनताप्रतिको दायीत्व कसरी पुरा हुन्छ ? मैले मेरो यी कुरा कहाँ सुनाऊ? नागरिकले हामीलाई सुनाउने हो, हाम्रो कुराको नगरले सम्बोधन नगरेपछि जनप्रतिनीधि हुनुमा समेत पिडा भएको छ । जनताको दुःखमा साथ दिन नसक्दा चित्त दुखेर आएको छ ।
त्यसैले समयमा नै नगरपालिका, कार्यपालिका, सभासदहरु , कर्मचारीहरु, नागरिकहरुले समयमा सोचौं अन्यथा भाबी पुस्ताले धिर्कार्ने गरी बर्तमानको दायीत्व नभुलौं ।
    जय नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *