जग्गा धनीलाई थाहा नै नदिई जग्गा बिक्रि गर्ने गिरोह पक्राउ/ एसएसपी सिंह टिमको ठुलो सफलता

  •   काभ्रे
  •   २५ फाल्गुन २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

एसएसपी अशोक सिंह टिमको ठुलो सफलता

जग्गा धनीलाई थाहा नै नदिई उनीहरुको जग्गा बिक्रि गरिदिने एक खतरनाक गिरोह प्रहरी फन्दामा परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले तीन मालपोत कर्मचारीसहित १२ जनालाई पक्राउ गरेको हो ।

विजय कुमार खड्का, बाल प्रसाद भट्ट ,पुन्य प्रसाद दाहाल काफ्ले, यन्द्रबहादुर घले, बालकृष्ण बुढाथोकी, लक्ष्मी घतानी, विजय प्रकाश सुनुवार कृष्ष्ण बहादु दर्लामी र कृष्णबहादुर कटुवाललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले बेल्जियम बस्दै आएकी मिना खड्काको थानकोटको २० आना जग्गा बिक्रि गरेका थिए । सो जग्गा कुमार दाहाल खत्रीलाई समेत बैना गरेका थिए । होटलमा गएर मालपोतका कर्मचारीले जग्गाको डोर पास गरिदिएका थिए । खड्काको नाममा नक्कली नागरिकता बनाई नक्कली जग्गाधनी खडा गरेर जग्गा पास भएको थियो ।

सो गिरोहलाई साथ दिने मालपोत कार्यालय कलंकीका तीन कर्मचारीहरु दीपक दाहाल, नारायण श्रेष्ठ र दीपा पंगेनीलाई प्रहरीले गत महिना पक्राउ गरेकोमा उनीहरु धरौटीमा छुटेका छन् । सोही मुद्दामा अनुसन्धान गर्ने क्रममा गिरोह पत्ता लागेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी रमेश बस्नेतले बताए । पक्राउ परेकामध्ये केही यस्तै अपराधमा विगतमा जेल बसेर छुटेका व्यक्ति समेत छन् ।

सो गिरोहबारे विस्तृत विवरणः

मिति २०७७/११/२३ गतेे जिल्ला म्याग्दी, बरंजा गा.बि.स. वडा नं. २ स्थायी वतन भएकी मीना खड्काको नाममा दर्ता कायम रहेको जिल्ला काठमाण्डौ, साविक थानकोट ५/क को कि.नं. ४२८ र ४२६ क्षेत्रफल १-४-०-० (वीस आना) भएको जग्गा वास्तविक जग्गाधनि मिना खड्का बेल्जियममा रहेको अबस्थामा मिना खड्काको नामको नक्कली नागरिकता र निजैको नामको सोही जग्गाको नक्कली जग्गाधनी प्रमाणपूर्जा बनाई मिना खड्काको नामको नक्कली नागरिकता र निजैको नामको नक्कली जग्गाधनी प्रमाणपूर्जामा बिवरणहरु वास्तविक मिना खड्काको र फोटो लक्ष्मी घतानीको टाँस गरी सोही आधारमा उक्त जग्गा कृष्ण गोपाल श्रेष्‍ठ र कृष्णभक्त माक श्रेष्‍ठ समेतका जाहेरवालाहरुलाई बिक्री गरी कुल रु.७२,००,०००।- (बहत्तर लाख) र सोही जग्गा कुमार दाहाल खत्रीलाई राजिनामा पास गरि दिने भनि मिति २०७६।०८।३० मा बैना बापत रु.३५,००,०००।- रकम लिई ठगी, लिखत सम्बन्धी कसूर एवं संगठित अपराध गरेको ।

२. पक्राउ प्रतिवादीहरु(मिति २०७७।१०।०७ र ऐ २० गते पक्राउ परी काठमाण्डौ जिल्ला अदालतबाट धरौटीमा छुटेका मालपोतका कर्मचारीहरु ):-

तत्काल मालपोत कार्यालय कलङकी र हाल उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा शाखा अधिकृत पदमा कार्यरत दिपक दाहाल (रु.४ लाख धरौटी)।
तत्काल र हाल मालपोत कार्यालय कलङकीमा ना.सु. पदमा कार्यरत नारायण श्रेष्ठ (रु.४ लाख धरौटी)।
तत्काल मालपोत कार्यालय कलङकी र हाल राष्ट्रिय कितावखाना ललितपुर हरिहर भवनमा खरिदार पदमा कार्यरत दिपा पंज्ञानी ( रु.१ लाख धरौटी) ।
३. हाल पक्राउ परी अनुसन्धान भइरहेका प्रतिवादीहरु:-

जिल्ला काठमाण्डौ, बुढानिलकंठ न.पा. वडा नं ११ बस्ने बर्ष ४७ को बिजय कुमार खड्का ।
जिल्ला धादिङ, निलकंठ न.पा. वडा नं. ५ पतेनी हाल जिल्ला चितवन राप्ति न.पा.-२ पिप्ले बस्ने बाल प्रसाद भट्ट ।
जिल्ला काभ्रे, पनौती नगरपालिका वडा नं. ४ स्थायी वतन भएका रामचन्द्र पुडासैनी समेत भन्ने पुण्डे प्रसाद काफ्ले ।
जिल्ला संखुवासभा, नुनढाकी गा.पा. ६ स्थायि वतन भई हाल जिल्ला ललितपुर, ललितपुर म.न.पा.-१८ भैंसेपाटी बस्ने बर्ष ५३ को ईन्द्र बहादुर खत्री भन्ने ईन्द्र बहादुर घले।
जिल्ला रामेछाप, साविक गेलु गा.वि.स. वडा नं. ९ हाल मन्थली न.पा. वडा नं. ११ बस्ने बालकृष्ण बुढाथोकी ।
जिल्ला सिन्धुपाल्चोक, ठूलोधादिङ गा.वि.स. वडा नं. ७ स्थायी वतन भई हाल जिल्ला काठमाण्डौ, गोकर्णेश्वर ६ बस्ने लक्ष्मी घतानी ।
जिल्ला ओखलढूंगा, खीजिदेम्बा गाउँपालिका वडा नं. १ स्थायी वतन भई हाल जिल्ला काठमाण्डौ, काठमाण्डौ महानगरपालिका वडा नं. ६ बौद्द बस्ने बर्ष ४६ को बिजय प्रकाश सुनुवार ।
जिल्ला सिन्धुली, कमलामाई नगरपालिका वडा नं.५ घर भई हाल जिल्ला काठमाण्डौ, काठमाण्डौ महानगरपालिका वडा नं. १० बानेश्वर बस्ने कृष्ण थापा मगर भन्ने कृष्ण बहादुर दर्लामी ।
जिल्ला झापा, कचनकवल नगरपालिका वडा नं ३ स्थायी वतन भई हाल जिल्ला ललितपुर, महालक्ष्मी नगरपालिका बस्ने नर बहादुर कटुवालको छोरा बर्ष ४५ को कृष्ण बहादुर कटुवाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *