छुरा प्रहार घटनामा संलग्न ८ बर्ष देखी फरार रहेका प्रतिवादी प्रकाउ/बेथानचाेक

  •   काभ्रे
  •   २५ आश्विन २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

२० (बिश) बर्ष कैद ८ बर्ष देखी फरार रहेका कर्तब्य ज्यान मुद्दाका प्रतिवादी प्रकाउ

असाेज २५ गते

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

  कार्यालयका अनुसार २०६९ कात्तिक ८ गते बेथानचोक गा.पा.वडा नं.०४ चलाल गणेशस्थानमा लागेको सांस्कृतिक कार्यक्रममा भाग लिई कार्यक्रम सकेर सोही कार्यक्रम स्थलबाट बाहिर निस्कने क्रममा  बेथानचोक गाउँपालिका वडा नं ४  चलाल गणेशस्थानका मंगल तामाङको १८ वर्षीय छोरा एन्जेल तामाङ (माईकलज्याक्सन डान्सर भनेर चिनिने  )लाई छुरा प्रहार गरी हत्यामा संलग्न  रहेका बेथानचोक गा.पा. वडा नं. ०४ का २२ वर्षीय सुवास सुनारलाई बनेपा ईलका प्रहरी कार्यालयका प्रमुख निरिक्षक याेगेन्द्र तिमिल्सिना नेतृत्वको टाेलीले   पक्राउ गरेको हो ।

छुरा प्रहार गरी कर्तव्य गरी मारेको कर्तव्य ज्यान मुद्दामा २०७४ असार १४ गते जिल्ला अदालत काभ्रेले सुनारलाई २० वर्ष कैद सजाँय फैसला  गरेको थियो । तर ८ वर्ष देखि  सुनार भने घटनापश्चात फरार भएका थिए ।

ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा  लुकीछिकी बसीकोे अवस्थामा सुनारलाई असोज २३ गते पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख निरिक्षक  योगेन्द्र तिमल्सिनाले बताए ।

घटनाको ८ वर्षपछि पक्राउ परेका सुनारलाई अदालतको आदेश अनुसार आज (आइतबार) कैद भुक्तानको लागि  धुलिखेल जिल्ला कारागार   पठाईएको तिमल्सिनाले  जानकारी दिएका छन  ।

Slide
Hamro bikash
1599843844546
Janasubida
 
Hamro bikash
1599843844546
Janasubida
previous arrow
next arrow
Slide
Hamro bikash
1599843844546
Janasubida
 
Hamro bikash
1599843844546
Janasubida
previous arrow
next arrow

[transitionslider id=’1′]

[transitionslider id=”1″]

Leave a Reply

Your email address will not be published. Required fields are marked *