छाडा प्रबिधिका गित आएमा लाेक दोहोरी प्रतिष्ठानले गाउन सिफारिस नदिने भएकाे छ।
सुमन ढकाल
काठमाडौं ।
लोक दोहोरी गित संगित धेरै दर्शक स्रोताको मनमा अचेल पस्न थालेको छ। गित संगित छाडा रुपमा ल्याए दोहोरी प्रतिष्ठानका कलाकारले कडा रुपमा कदम चाल्ने भएको छ। केहि समय नजिक तीज गीत देखि अन्य केहि गीतहरु छाडा देखिएका छन्। छाडा प्रबिधि हटाउने हेतुले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले अब कलाकारहरुलाइ कालो सुचिमा राख्ने निर्णय गरेको छ।
२०७७ साल श्रावण १६ गते बसेको केन्द्रिय बैठकको सर्वसम्मत निर्णय अनुसार यस प्रतिष्ठानका उप–महासचिव शिव हमालको संयोजकत्वमा विकृति विसंगती विरुद्धको १३ सदस्यीय कार्यदल गठन गरी उक्त कार्यदल मार्फत सामाजिक सद्भावमा खलल पु¥याउने एवं नियतवस दुई अर्थी अपाच्य शब्द सामग्री प्रयोग गर्ने, श्रष्टा सर्जक कलाकारहरुलाई प्रतिष्ठानले कालो सुचीमा नाम राख्ने गरी प्रतिष्ठानका गतिविधिमा सहभागी हुन नपाउने र प्रतिष्ठानबाट प्राप्त सम्पूर्ण सेवा सुविधाहरुबाट बन्चित गराउने निर्णय गरिएको छ।बिकृती गित गाउने बिगार्ने कलाकारलाई कालो सुचिमा र संस्थामा पनि नराखिने संस्थाका अध्यक्ष रमेश बिजिको भनाई छ।
विकृति विसंगती विरुद्धको १३ सदस्यीय कार्यदल गठन गरी उक्त कार्यदल मार्फत सामाजिक सद्भावमा खलल पुर्सार्न याउने एवं नियतवस दुई अर्थी अपाच्य शब्द सामग्री प्रयोग गर्ने, श्रष्टा सर्जक कलाकारहरुलाई प्रतिष्ठानले कालो सुचीमा नामांकित गरी प्रतिष्ठानका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने र प्रतिष्ठानबाट प्राप्त हुने सम्पूर्ण सेवा सुविधाहरुबाट बन्चित गराउने निर्णय गरिएको छ ।
