
काभ्रे । मादक पदार्थ सेवन गरी सवारी साधन चलाएर दुर्घटना हुने गरेको भन्दै बिहिबारबाट जिल्ला प्रहरी कार्यालय काभ्रेले अरनिको राजमार्गमा सवारी दुर्घटना न्यूनिकरणका लागि चेकजाँचमा कडाइ गरेको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमुख योगेन्द्र तिमल्सिनाले दिएको जानकारी अनुसार सवारी दुर्घटनाको प्रमुख कारण नै लागू पदार्थ सेवन भएकाले प्रहरी कार्यालयले रातको समयमा लागू पदार्थ सेवन चेकजाँचमा कडाइ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रे ईलाका प्रहरी कार्यलय बनेपा र जिल्ला ट्राफिक कार्यालय काभ्रेको संयोजनमा पछिल्लो समय मादक पदार्थका साथै लागू पदार्थ समेत सेवन गरी सवारी चलाएको पाइएकोले कार्यालयले चेकजाँच कडा गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए।
विशेष गरेर रातीको समयमा लागू पदार्थ सेवन गरी सवारी चलाएको जनगुनासो प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला ट्राफिक कार्यालय काभ्रेको संयोजनमा अभियान स्वरुप यस कार्यलाई अगाडी बढाइएको छ ।

चेकजाँचको क्रममा कार्यालयले लागू पदार्थ सेवन नगरी सवारी चलाउने सवारी चालकलाई खादा ओढाई सम्मान गरी ट्राफिक नियमको पालना गर्न प्रोत्सहान गरेको छ । ट्राफिक नियम उल्लंघन गरी मादक पदार्थ र लागू पदार्थ सेवन गरी सवारी चलाउँदा हुने कानुनी कार्वाही बारेमा सवारी चालकलाई सचेत गराउन पनि यस कार्यक्रमको सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
- अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दोमा पदक हासिल गर्ने खत्रीलाई बेथानचाेकद्वारा ५० हजार पुरस्कार
- जिल्लाका सबै उद्योगी व्यवसायीलाई समेट्न प्यानलसहित चुनावमा होमिएका र्छौं /विश्वराज बज्राचार्य
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा