वासिङ्टन डिसी ।
अमेरिकी राष्ट्रपति चुनावको मतगणना लगभग आधा भइसकेको छ । पूर्व उपराष्ट्रपति र डेमोक्र्याटिक पार्टीका राष्ट्रपति पदका उम्मेदवार जो बिडेन र रिपब्लिकनका उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।
मुख्य रुपमा तीब्र् प्रतिष्पर्धा रहेका र सन् २०१६ को मतपरिणाममा उलटपुलट हुनसक्ने अनुमान गरिएका संग्रामीमैदानका रुपमा चित्रित मिचिगन, विस्कन्सिन, पेन्सलभानिया, जर्जिया, एरिजोना, नर्थक्यारोलाइना जस्ता राज्यको आधाआधी मत गणना नै नभई प्रारम्भिक झुकावमै आफ्नो जीत स्वघोषणा गर्नुभएका ट्रम्पको उत्तेजित अभिव्यक्तिप्रति अमेरिकीहरुले तीब्र आलोचना गरिरहेका छन् ।

खासगरी यस पटक परिणम उल्टनसक्ने ठानिएको फ्लोरिडामा जीत सुनिश्चित भएसँगै हौसिनुभएका ट्रम्पको जीत घोषणाको हतारको अभिव्यक्ति र विपक्षीले जीते परिणाम नै नमान्ने र अदालत जाने चुनौतीप्रति स्वयं उहाँको पार्टी रिपब्लिकनका नेताहरुले आलोचना गर्न थालेका छन् ।
हालसम्म बिडेनले २२४ भोट् (इलेक्टोरल) र ट्रम्पले २१३ इलेक्टोरल प्राप्त गरेका छन । बहुमतको लागि २७० भोट आवश्यक छ। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक ठूलो घोषणा गरे कि उनी चुनावमा भएको धांधली विरुद्ध सर्वोच्च अदालतमा जाने छन्। उनले ठूलो जीत पनि दाबी गरे।