
चितुवाको छाला र हड्डी सहित पक्राउ
काभ्रेपलाञ्चोक,
बेथानचोक गाँउपालिका-२ ग्वाभञ्ज्याङ्गबाट संरक्षित वन्यजन्तु चितुवाको छाला १ थान तथा हड्डी (आखेटोपहार) सहित खानीखोला गाउँपालिका-७ बस्ने ३४ वर्षीय टेक बहादुर थिङलाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एस्पी भुपेन्द्र बहादुर खत्रीले बताउनु भयाे ।
संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा ढुंखर्क प्रहरी चाैकी र प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टाेलीले उक्त आखेटोपहार सहित फेला पारी उनलाई पक्राउ गरेकाे हाे ।
उनलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा पठाइएको उक्त व्यूरोले जनाएको छ।