चाैतर्फिक आलाेचना पश्चचात राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप

  •   काभ्रे
  •   २१ जेष्ठ २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौं- सरकारले कर बुझाउने समयसीमा थप गरेको छ । आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको हो ।विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवाना लाग्ने सूचना निकालेको थियो ।

लकडाउनले व्यवसाय चौपट भएका बेला

सरकारले कर तिर्न ताकेता गरेपछि त्यसको चौतर्फी आलोचना भएको थियो ।
यसअघि जेठ २५ गतेसम्म कर नबुझाए जरिवाना लाग्ने सूचना जारी गरेको आन्तरिक राजश्व विभागले असार ७ गतेसम्म कर बुझाउने समय थपेको हो । आजै अर्थ मन्त्रालयमा व्यवसायीहरुसँग भएको छलफलपछि सरकार आफ्नै निर्णयबाट पछि हटेको हो ।

चौतर्फी आलोचनापछि विभागले अर्को सूचना जारी गरेको हो । कर तिर्ने समय नथपे भद्र अवज्ञा गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले समेत आग्रह गरेका थिए ।त्यसपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *