चालक, सहचालक तथा यात्रुलाई अनिवार्यरूपमा मास्कको प्रयोग गर्न आग्रह:-निरिक्षक देवकाेटा

  •   काभ्रे
  •   २० श्रावण २०७८, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

कोटेश्वर ट्राफिक प्रमुख रामकृष्ण देवकोटाले चालक, सहचालक तथा यात्रुलाई अनिवार्यरूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ ।

सडक सुरक्षाकै लागि कोटेश्वर ट्राफिकले आज जडिबुटी सडक खण्डमा सवारीसाधनका चालक तथा यात्रुलाई जनचेतनामूलक कार्यक्रमबारे जानकारी गराएको छ । स्वास्थ्य मापदण्ड पालना,ट्राफिक नियमकाे बारे जानकारी,भाडादरको बारे जानकारी तथा सडक सुरक्षा बारे चेतनामूलक कार्यक्रम गरेको हाे । ट्राफिक प्रहरीले सडकमै सवारीसाधनका चालक तथा यात्रुलाई ट्राफिक नियम तथा अन्य जानकारीमुलक गतिविधि बारे कलास दिएको कोटेश्वर ट्राफिक प्रभाग प्रमुख रामकृष्ण देवकोटाले जानकारी दिनुभयो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईको अनुसार सार्वजनिक गाडीमा कोरोना संक्रमणको सम्भावना बढी रहेकाले मास्कको प्रयोगलाई कडाइ गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । काठमाडौं,ललितपुर र भक्तपुरका विभिन्न चेकमा ट्राफिक प्रहरीले पर्चा, पम्प्लेट र प्ले कार्डमार्फत सचेतनामूलक कार्यक्रम गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *