चालकसँग १ मिनेट कार्यक्रम” संचालनमा,Leaser Gun को प्रयोगबाट Speed मापन गर्ने

  •   काभ्रे
  •   २३ कार्तिक २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

बिश्व महामारीको रुपमा फैलिई रहेको कोरोना भाईरस (Covid-19) नियन्त्रणको लागी नेपाल सरकार द्धारा जारी गरिएको लकडाउन (बन्दा बन्दी) खुकुलो भए पश्चात सडकमा सवारी साधनको संख्या बृद्धि भए सँगै सवारी दुर्घटना समेत बढ्न सक्ने संभावनालाई मध्यनजर राखि सम्भावित सवारी दुर्घटना न्युनिकरणको लागी गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले राजमार्ग तथा शहरी क्षेत्रहरुमा संचालन हुने गरि मिति २०७७/०७/२३ गतेबाट दैनिक रुपमा “चालकसँग १ मिनेट कार्यक्रम” संचालनमा ल्याएको छ ।

यस कार्यक्रम अन्तर्गत सडकमा खटिएको ट्राफिक प्रहरीले सर्वप्रथम सवारी साधनलाई रोक्ने काम गर्छ अनि सवारी चालकलाई सम्मानपुर्वक नमस्कार गर्दछ । त्यसपछी कोरोना भाईरस (Covid-19) बाट बच्न को लागी सामाजिक दुरी कायम गरी अनिवार्य रुपमा मास्क प्रयोग गरौँ, सवारी साधन चलाउदाँ अनिवार्य रुपमा सिट बेल्ट लगाऔँ, मो.सा. र स्कुटर चलाउँदा हेल्मेट र हेल्मेटको फित्ता अनिवार्य रुपमा लगाऔँ, मादक पदार्थ तथा नसाजन्य चिज बस्तुहरु सेवन गरि सवारी साधन नचलाऔँ र तिब्र गतिमा सवारी साधन नचलाऔँ भन्दै सवारी चालकलाई सचेतनामुलक सन्देश दिन्छन र तपाईको यात्रा सुरक्षित रहोस ! नमस्कार भनि १ मिनेट भित्र बिदा गर्छन । गण्डकी प्रदेशका ११ वटै जिल्लामा रहेका ११ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालय र ५३ वटा अस्थाई ट्राफिक पोष्टहरुले एकै पटक यो कार्यक्रम शुरु गरिएको छ भने यसलाई पहिलो चरणमा १ महिना सम्म संचालन गरिने छ ।

Covid 19 को संक्रमणबाट बच्ने बचाउने र सवारी चालकको लापरवाहीबाट हुने दुर्घटनामा न्युनिकरण होस् भन्ने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको छ । साथै Over Speed नियन्त्रण गर्नको लागि राजमार्ग तथा खुल्ला सडक खण्डमा Leaser Gun को प्रयोगबाट Speed मापन गर्ने र Over Speed गर्ने सवारी चलाकलाई सचेत गराउने र कारबाही गर्ने काम समत शुरु गरिएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *