सिद्धार्थ राजमार्ग बुटवल पाल्पा सडकखण्डमा बिभिन्न ठाउमा जोखिम
सुमन ढकाल, असोज २८-

चाडपर्व नजिकिदै गर्दा सिद्धार्थ राजमार्गको बुटवल सडकखण्ड भित्रका विभिन्न ठाउँमा जोखिम कायम रहेको भन्दै बाटो फराकिलो र सहज पार्ने काम भई रहेको छ । तीन दिन सम्म ३ घण्टा सडक बन्द गरि बाटो थप सफाइ गरिएको सडक डिभिजन कार्यलय पाल्पाले बताएको छ।
तीखो घुम्ती रहेका विभिन्न ठाउँमा घुम्ती कटान सडक फराकिलो पार्ने काम अघि बढेको छ। गत वर्षको तुलनामा यो वर्ष अत्यधिक परेको वर्षाले बुटवल देखि पाल्पा सम्मका विभिन्न स्थानका सडकमा क्षति पुगेको छ। हाल राजमार्गका बिभिन्न ठाँउमा खाल्डाखुल्डी पुर्ने काम भैरहेको स्थलगत रिपोर्टिङका लागि पुगेका सुमन ढकालले बताएका छन् ।
पहिरो पन्छाउने काम तिब्र र गतिमा अघि बढाइएको सडक डिभिजन कार्यलयले जनाएको छ।
