चर्चित गायक रमितको ‘शेर्पिनी आजि’ ले चर्चा बटुल्दै

  •   काठमाडौं
  •   ९ आश्विन २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

चर्चित गायक रमितको ‘शेर्पिनी आजि’ ले चर्चा बटुल्दै (भिडियो)

काठमाडौं असाेज ९ गते

गायक एंव संगीतकार रमित लामाको ‘शेर्पिनी आजि’ बोलको गीत बजारमा आएको छ । डम्फु मिडियाको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वाजानिक गरिएको हो ।

उनले दर्शक र स्रोताले गीत मन पराउनेमा विश्वस्त रहेको बताएका छन । ‘डाँडा है पारी’ बोलको गीतबाट चर्चा बटुलेका गायक एंव संगीतकार
रमित लामाको हालसालै बजारमा आएको उक्त सेलो गीतमा शेर्पिनी आजीले च्याङ्बालाई मोहनि लगाएको बर्णन गरिएको छ ।

छवी लामा र मनोज दोङको संयुक्त लेखनमा रहेको उक्त गीतमा उनै गायक एंव संगीतकार लामाको स्वर र संगीत रहेको छ । नोर्बु शेर्पाले संगीत संयोजन गरेको उक्त गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेका हुन ।

भिडियाे यहाँ हेर्नुहाेस :-
https://youtu.be/LB6rAk1ybjY

भिडियोलाई सुर्य लामाले छायांकन,ड्रोन र कलर गरेका हुन भने युद्ध लामाले कोरियोग्राफी, सम्पादन र निर्देशन अमिर दोङले गरेका हुन । भिडियोमा सागर मोक्तान र रोहनी लामाको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *