
‘घरमै बसौँ, स्वस्थ रहे फेरि भेटौँला’, ‘आफ्नो सुरक्षा, परिवार र देशको सुरक्षा’, ‘हामी तपाईँहरुकै लागि सडकमा छौँ’ एसएसपी अशोक सिंह ।
चुनौतीपूर्ण अवस्थामा महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंह परिवारका लागि समय नदिइ देश र जनताका लागि अहोरात्र खटिरहेका छन् । परिवारका सदस्यहरुलाई घरमै बस्न निर्देशन दिएर सिंह भने विहान ५ बजेदेखि नै फिल्डमा खटिएका छन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कारोना भाइरस (कोभिड–१९) को दोस्रो लहर नेपालमा पनि शुरु भएको छ । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमित र मृतकको संख्या बढ्दै गएपछि सरकारले १६ गते विहान ६ बजेबाट निषेधाज्ञा जारी गरेको छ । यस्तो बेला आम सर्वसाधरणलाई सरकारले अत्यावश्यक कामका लागि बाहेक बहिर ननिस्कन आग्रह गरेको छ । दैनिक झण्डै ५ हजारको संख्यामा संक्रमित बढिरहेका छन् भने मृतकको संख्या पनि दुई दर्जन भन्दा बढि छ । यो चुनौतीपूर्ण अवस्थामा महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंह परिवारका लागि समय नदिइ देश र जनताका लागि अहोरात्र खटिरहेका छन् । परिवारका सदस्यहरुलाई घरमै बस्न निर्देशन दिएर सिंह भने विहान ५ बजेदेखि नै फिल्डमा खटिएका छन् ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न