
गौरीशंकर च्छोरोल्पाको प्रथम वार्षिकोत्सव सम्पन्न
काभ्रेपलान्चोक – विभिन्न क्षेत्रमा ख्याती प्राप्त श्रष्टा,पत्रकार, सर्जक, तथा व्यक्तित्वहरुलाई सम्मान गर्दै गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लिको प्रथम वार्षिकोत्सव काठमाण्डौमा सम्पन्न भएको छ ।
बरिष्ठ कलाकार मदनदास श्रेष्ठको सभापतित्वमा सम्पन्न गरिएको कार्यक्रममा प्रमुख अतिथि माननिय संचार तथा सुचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङ रहनुभएको थियो ।
मन्त्री गुरुङले गौरीशंकर च्छोरोल्पा मिडियाले नेपालको मिडिया क्षेत्रमात्र नभई गौरीशंकर हिमाल र सबै भन्दा उचाइमा रहेको च्छोरोल्पा हिमतालको समेत अस्थित्वलाई आत्मसाथ गर्दै लैजानुपर्ने बताएका छन ।
दोलखा जिल्ला प्राकृतिक सम्पदाले भरिपुर्ण र सम्पन्न रहेको र यसको प्रचार प्रसार र सशक्त रुपमा लैजाने काम राज्यको चौथो अंगको रुपमा रहेको गौरीशंकर च्छोरोल्पा मिडियाले गर्ने विश्वसा व्यक्त गरे ।
कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । नेपालमा शुसासन कायम गर्नको लागि योगदान पुर्याउने पुर्व रक्षा सचिव देवेन्द्र सिटौला, सेनाका अवकास प्राप्त महासेनानी माधव सुन्दर खड्का, चलचित्र निर्देशक एवं गीनिज वुक अफ वल्ड रेकर्ड होल्डर माधव राज खरेल, व्यवसायी विदुर शर्मा, अभिनेता श्रीदेव भट्टराई, अधिवक्ता सुदर्शन थपलिया, दुव्र्यसन विरुद्धका अभियान्ता प्रविन शिवाकोटी, अधिकारकर्मी तारा तामाङ, जानकी वज्राचार्य, मिना वज्राचार्य, लक्ष्मी बस्नेत र मोफसल पत्रकारिता पुरस्कर काभ्रेका अरबिन्द्र गौतम लगायतका विभिन्न व्यक्तित्वहरुलाई उनिहरुको योगदानको कदर गर्दै विभिन्न शिर्षकबाट सम्मान गरिएको थियो ।
संचारकर्मि अर्जुन राज भण्डारीले संचालन गरेको कार्यक्रममा विविध किसिमका सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।
- अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दोमा पदक हासिल गर्ने खत्रीलाई बेथानचाेकद्वारा ५० हजार पुरस्कार
- जिल्लाका सबै उद्योगी व्यवसायीलाई समेट्न प्यानलसहित चुनावमा होमिएका र्छौं /विश्वराज बज्राचार्य
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा