गोलबजार नगरपालिकाको उत्कृष्ट जनप्रतिनिधी बने बसन्त कुमार लामा

  •   काभ्रे
  •   १२ असार २०७८, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

गोलबजार नगरपालिकाको उत्कृष्ट जनप्रतिनिधी बने बसन्त कुमार लामा

सिरहा । सिराहाको गोलबजार नगरपालिका वडा-६ का अध्यक्ष बसन्त कुमार लामा(घिसिङ ) उत्कृष्ट जनप्रतिनिधीको रुपमा सम्मान गरेको छ । बिहीवार नगरपालिकाको सदरमुकाम गोलबजारमा आयोजना गरिएको नगर सभामा अध्यक्ष घिसिङ्लाई गाउँपालिका नगरपालिका प्रमुख देवनाथ शाह र उपप्रमुख रेशम कुमारी थापाले खादा लगाई कदर पत्र प्रदान गरेका हुन ।

वडाध्यक्ष घिसिङ्ले आफुले गरेको कामको मुल्याङकन भएको र अझ थप जिम्मेवारी थपेको महशुस भएको बताए । “उत्कृष्ट जनप्रतिनिधीको रुपमा मलाई सम्मान गर्नु भएकोमा अत्यन्तै खुशी छु र थप जिम्मेवारी बढेको महशुस भएको छ । मेरो वडामा दलित समुदायलाई उकास्ने, शिक्षा र खानेपानिमा विशेष जोड दिने गरी कार्यक्रम ल्याएको छु ।” उनले भने ।

कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधी, कर्मचारी,पत्रकार,समाजसेवी तथा विभिन्न सामाजिक संस्थामा आवद्ध व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *