गैंडाको खाग सहित रिजाल पक्राउ

  •   काठमाडौं
  •   ६ कार्तिक २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

” गैंडाको खाग सहित कारोबारी पक्राउ “

संरक्षित वन्य जन्तु गैंडाको खागको अवैध रुपमा कारोबार भईरहेको सुचनाको आधारमा अपराध महाशाखाबाट २०७७कार्तिक ६ गते खटिएको विशेष टोलीले गैडाकाे खाग सहित राजेन्द्र रिजाललाई पक्राउ गरेकाे छ ।

काठमाडौं जिल्ला काठमान्डाै महानगरपालिका वडा नं-६ चुच्चेपाटी पासाङल्यामु चोकबाट राजेन्द्र रिजाललाई गैंडाको खाग भनि बिक्रि गर्न साथमा लिई हिंडिरहेको अवस्थामा गैडाको खाग बरामद तथा पक्राउ गरिएकाे अपराध महाशाखाले जनाएकाे छ ।
राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत आवश्‍यक अनुसन्धानको लागी जिल्ला वन कार्यालय हात्तीसार पठाईएको महाशाखाले जनाएकाे छ।

पक्राउ व्यक्ति विवरण :

नाम:- राजेन्द्र रिजाल
उमेर :– ४९ वर्ष
ठेगाना:- जिल्ला सुनसरी ईनरुवा न.पा.-७
हालको ठेगाना:- का.जि.-१२ कपन
पेशा:- शिक्षण
मिति २०७७/०७/०६ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *