
रुरु गुल्मीका कृषकले उन्नत जातका बाख्रा पाएर उत्साहित
रुरुक्षेत्र गाँउपालिका ०१ भट्कुवामा रहेको पाहारपाखो सामुदायिक वन उपभोक्ता समुहद्वारा बाख्रा वितरण कार्यक्रम सम्पन्न गरेको छ।
समुहका अध्यक्ष हवल्दार धन बहादुर बिक को अध्यक्षतामा रहेको कार्यक्रममा प्रमुख अतिथि रुरुक्षेत्र गाउपालिकाका वार्ड सदस्य फर्सुराम ज्ञवाली रहनुभएको थियो।
त्यस्तै अतिथिहरुमा पुर्व अध्यक्ष कर्ण ब. चन्द पत्रकार शुसिल श्रेष्ठ रहनुभएको थियो।कार्यक्रममा उपभोक्ता समुहले रु.३२०००।- बराबरको बाख्रा ८ जनालाई वितरण गर्ने कार्यक्रम रहेको र ५ जनालाई हाल वितरण गरिसकिएको छ र बाकी ३ जनालाई समुहले अर्को बैठकमा वितरण गर्ने अध्यक्ष बि.क ले जानकारी दिनुभयो।
आज विपन्न वर्गका ५ जना मिना विश्वकर्मा,राम बहादुर विश्वकर्मा,भगवती ज्ञवाली,बिष्णु ज्ञवाली, र कृष्णा विश्वकर्मालाई बाख्रा वितरण गरिएको छ।कार्यक्रमा प्रमुख अथिति फर्सुराम ज्ञवालीले सामुदायिक वनको आम्दानीबाट रु ३२,०००।- बराबरको बाख्रा वितरण गरिएको र बिपन्न वर्गलाई उनिहरुको जिवनस्तर उकास्नको लागि बाख्रा वितरण गरिएको र एउटा बाख्राबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुराको उदाहरणको रुपमा प्रस्तुत हुन बाख्रा पाउने सदस्यहरुलाई अनुरोध गर्नुभयो।
समुहका सम्पुर्ण सदस्यहरु तथा गाँउबासीहरुको उपस्थितिमा भएको कार्यक्रमको सन्चालन उपभोक्ता समुहका सह-सचिव गिरि प्रसाद ज्ञवालीले गर्नुभएको थियो।


- जिल्लाका सबै उद्योगी व्यवसायीलाई समेट्न प्यानलसहित चुनावमा होमिएका र्छौं /विश्वराज बज्राचार्य
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
- गेष्टहाउस सञ्चालिका देहव्यापारकाे आरोपमा पक्राउ