गितसंगितकाे मार्केटमा प्रतिस्पर्धा तीव्र छ त्यसैले पल पलमा सजक हुन जरूरी छ:-राजेश थापा

  •   काभ्रे
  •   २० असार २०७७, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

राजेश तिमल्सिना

पिता ईन्द्र बहादुर थापा र माता माया थापाकाे काेखबाट काभ्रेपलानञ्चोक जिल्ला  बेथानचाेक गाउपालीका वडा नं ३ मा जन्मनु भएका संगितकार राजेश थापासँगकाे कुराकानी  :-

.लकडाउनकाे बन्दाबन्दी कसरी बेतित भयाे ?
 
लकडाउन शुरु भए पछि गाउ गएर केही समय आराम गरे । त्यसपछि एउटा हार्मोनियम ब्यबस्था गरेर केही अधुरा र केही नया शब्दहरुमा सङ्गीत सिर्जना गरे । अलिअलि आफ्नो बिधागत काम र अलिअलि गाउघरका पुराना साथिभाई, छरछिमेक, ईस्टमित्रहरु भेटघाट गर्ने काम गरियो । अहिले राजधानी फर्किएर त्यो अवधिमा सङ्गीत सिर्जना गरेका गीतहरुको प्राबिधिक कार्य सम्पादनमा समय दिईरहेको छु ।

   काेराेनाले संगित जगतमा कतिकाे असर पर्याे ?
:-कोरोना महामारीले संसारका हरेक क्षेत्र लाई असर पुर्याएको छ जसमा हाम्रो सङ्गीत मात्रै अछुतो रहने कुरै भएन । गीत सङ्गीत निर्माण , बिक्रि बितरण, उत्पादन कार्यमा मन्दी छाएको छ । साथै सबै खाले मनोरञ्जनका कार्यक्रमहरु, मेला महोत्सबहरु आयोजना ठप्प छन ।अझै लामो समय नहोला जस्तो देखिन्छ । जसबाट कलाकर्मीहरुको आयमा कमी आएको देखिन्छ ।

काेराेना प्रकाेपमा चर्चित कलाकारले आत्महत्या गरेकाे समचार सुनियाे ?के काेराेना महामारीकाे कारणले आत्महत्या गरेका हुन र ?
यो अबधिमा भएका आत्महत्या कोरोनाको कारण नै हो भन्ने एकिन गर्न सकिन्न । मृत्युको ठोस कारण के रहेछ भनेर सत्यतथ्य कुरा आए पछि नै थाहा होला ।
.    

 चार महिना पुरै ठप्प भयाे ,कलाकारितालाई पेसा बनाउने व्यक्तिलाई कतिकाे सहज भयाे वा असहज भयाे ,?

यतिखेर अन्य क्षेत्रमा झै यो क्षेत्रमा पनि मन्दी छाएको छ । सबै खाले साङ्गितिक गतिबिधिहरु सुस्ताएका छन । यस्तो बेला पेशागत कलाकर्मीहरु केहि सफ्ठ्यारोमा पनि पर्नुभयाे होला । यहि यथार्थतालाई मध्यनजर गरेर म आफू कार्यसमितिमा रहेको सस्था सङ्गीतकार सङ्घ नेपालले श्रष्ठा  साथीहरुलाई सबैखाले राहत बितरण गर्ने कार्य सम्पन्न गरियाे र अर्को कुरा हामी हमेशा सकारात्मक आशावादी हुनु पर्दछ कि बिस्तारै सङ्गीत क्षेत्र फेरि उठ्नेछ र पुरानो लय समाउनेछ

सामन्य हिसाबमा हेर्दा अन्य क्षेत्रकाे तुलनामा कलाकारिता क्षेत्र  अब धेरै पछि पर्ने जस्ताे देखिन्छ ?यसमा तपाईकाे धारणा?

मलाई यस्तो लाग्दैन कि यो महामारीपछि अरु क्षेत्रको तुलनामा कलाकारिता क्षेत्र पछि पर्ला भनेर । आज सबैतिर गहिरो असर परेको छ । हामीले बिग्रिएका भत्किएका पाटोहरुलाई सम्हालेर मिलाएर आफ्नो नियमित कर्ममा फर्किनु पर्नेछ । यो क्रम केहि महिनाको बिश्राम पछि सुरु पनि भैसकेको छ । हामीलाई थाहा छ हर गाह्रो परिस्थिति भित्र सम्भावनाहरु पनि उतिकै हुन्छ्न । हरेक क्षेत्र बिकराल परिस्थितिले नराम्रोसङ्ग थलिएको हुनाले   अलि केहि समय लाग्न सक्छ तर निरन्तरको लगन र प्ररिश्रमले बिस्तारै आफ्नो गति पक्कै पक्डिनेछ !
सांगीतिक जगतमा कहिलेबाट आउनु भयाे ?
:-मान्छेले जन्मजात देखि केही न केही विशेष खुबीमा प्रतिभा लिएर अाएकाे हुन्छ ,सायद म मा संगितकाे गुण रहेछ क्यारे त्यसैले स्कुल जिवनदेखि नै साना ठुला साङ्गितिक कार्यक्रममा गित गाउदै अाए ,संगितप्रतिकाे मेराे झुकावले गर्दा परिवारले slc पश्चात्  यसै विषयमा अाधारित कलेजमा भर्ना गर्नु भयाे ,२०५४ साल देखि अाैपचारिक रूपमा संगितप्रेमि बन्दै गए ,अहिले पनि निरन्तरता दिदै छु ।
याे क्षेत्र नै राेज्नुकाे उद्धेश्य  के हाे ?
:-यहि नै निश्चित उद्धेश्य भन्ने हेक्का थिएन ,मेराे दाईहरू घरमा बासुरी बजाउने ,स्थानिय कार्यक्रमको अायाेजना गर्ने गर्नु हुन्थ्यो  एक हिसाबमा पारिवारिक माहाेल धेरथाेर संगितमय थियाे त्यसैले मेराे झुकाव पनि संगिततिर रहयाे ।पछि गएर याे क्षेत्र बुझ्दै गए रेडियाे नेपालबाट विशिष्ट ,गायक ,संगितकारकाे गित बज्थ्याे,म पनि यस्तै बन्छु र देश तथा विदेशमा अाफुलाई परिचित गराउछु भन्ने हेतुले साङ्गितिक क्षेत्र राेजे।

पहिला पहिलाकाे तुलनामा गायक बन्न रेडियो नेपालमा स्वर परिक्षण पास भएर अाउनु पर्ने थियाे अहिले जाे काेहि पनि गायक भएकाे देखिन्छ ,यसले संगित जगतमा कतिकाे प्रभाव परेकाे छ ?
:-प्रश्न महत्त्वपूर्ण लाग्याे ,विस्तृतमा बताउदा अलि लामाे हुन सक्छ संक्षेपमा भन्नुपर्दा याे प्रवृत्तिले वास्तवमा धेरै प्रभाव पारेकाे छ ।पैसा र पावर भएपछि जाे काे हि पनि गायक,गितकार, संगितकार बन्न सक्ने जमाना हाे ,याे सब हुनुमा सञ्चार जगतकाे अनियन्त्रित विकास हुनुकाे ठुलो कारण हाे ।पहिला देशभरिकाे एउटै मात्र सञ्चार थियाे रेडियाे नेपाल ,आफ्नाे सिर्जना प्रसारण गर्न स्वर परिक्षण पास हुनु पर्ने थियाे।त्यसाे हुदा गहिराे अभ्यास गरेर खारिएका मार्मिक सिर्जना भेटिन्थे अहिले ठाउठाउँमा रेकर्डिङ स्टुडियो धेरै किसिमका सञ्चारमाध्यम स्थापना भएका छन,छाेटाे समयमा रकम कमाउने र स्थापित हुने हेतुले अहिले गितसंगितमा ठुलाे प्रभाव परेकाे छ ।नेपाली गित संगितकाे पाईरेसि बढेकाे छ , धेरै असर परेकाे छ

मार्केटमा गितसंगितकाे प्रतिस्पर्धा  त बढेकाे ,लगानी चै उठ्छन कि नाई ?
:-प्रतिस्पर्धाले स्तरियतामा निखारपन ल्याउने हाे त्यसैले याे हुन जरुरी छ ।वर्तमान गितसंगितकाे मार्केटमा प्रतिस्पर्धा  तीव्र  छ त्यसैले  पल पलमा सजक हुनु परेकाे छ ।याे राम्रो कुरा हाे जस्ले सहि श्रष्ठालाई अाफ्नाे कर्ममा हमेशा कर्तव्यनिष्ट भएर  लागिरहन  प्रेरित गर्छ ।लगानीकाे विषयमा कुरा गर्दा अत्यन्त महंगो क्षेत्र हाे एउटा सिर्जना सम्पुर्णरूपमा मार्केटमा आईपुग्दा धेरै खर्चिलो भईसकेकाे हुन्छ।लगानी धेरै गर्दा पनि डुव्ने स्थिति सिर्जना भएकाे छ स्टेज प्राेगाम,कन्सट ,युटुबमा प्रमाेसन गर्याे भने लगानी उठ्न सक्छ नत्र धेरै मुस्किल हुने कन्डिसन अाएकाे छ ।

अन्त्यमा के भन्नुहुन्छ ?
:-काेराेना महामारिबाट  आफु पनि सुरक्षित बसाैअरूलाई पनि बसाउ ,नियमित सावन पानीले हात धुनु , मेरा मनका काैतुहलता प्रस्तुत गर्ने माैका दिनु भएकाेमा सर्वप्रथम राजेश तिमल्सिना भाई र खबर न्युज नेपाल परिवारलाई विशेष धन्यवाद ।गित संगित प्रस्तुत गरेर अाफ्नाे गाउँ ठाउँ र समग्र राष्टकाे नाम उचाे राख्ने प्रयास जारि रहनेछ। साङ्गितिक जगतलाई माया गरिदनुभएकाे छ अझै धेरै माया गरिदिनुहाेला ।हार्दिक धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *