गाेपाल तिमल्सिनाकाे गाईजात्रा काेसेली “तुईएकाे भिजिट ट्वान्टी “२०७७ डिजिटल बजारमा

  •   काभ्रे
  •   १६ श्रावण २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

काभ्रे श्रावण १६ गते

गाेपाल तिमल्सिनाकाे गाईजात्रा काेसेली “तुईएकाे भिजिट ट्वान्टी “२०७७ डिजिटल बजारमा सार्वजनिक भएकाे छ ।

काभ्रेपलाञ्चाेक जिल्ला बेथानचाेक गाउपालिकाका लाेक गायककाे रूपमा चिरपरिचित  गाेपाल तिमल्सिनाले अाफ्नै शब्द रचना र आवाजमा  २०७७ गाईजात्रा विशेष प्रस्तुति बजारमा ल्याएका छन ।सानै देखि गाउने ,नाच्ने ,हसाउने तिमल्सिनाकाे यस अघि थुप्रै गितले बजारमा लाेकप्रियता कमाएकाे थियाे ।

विश्व काेराेना महामारिमा आक्रान्द भएकाे र भिजिट नेपाल २०२० स्थगित भएकाे ,सरकारकाे लापरवाहि ,भ्रष्टाचारका  कुरालाई व्यङ्ग्य गरेर तयार पारिएकाे “तुईएकाे भिजिट ट्वान्टी “गाईजात्रा  गाेपाल तिमल्सिनाकाे अाफ्नै युटुव च्यानलबाट बजारमा आएकाे हाे ।

भिडियाे यहाँ हेर्नुहाेला :-

“तुईएकाे भिजिट ट्वान्टी “मा हास्यकलाकार भगवान खत्री ,डान्सर शुशिल सैजु ,राम प्रसाद तिमल्सिना ,कुमार तिमल्सिनालाई  पनि देख्न सकिन्छ ।सुशील सैजु र विनाेद विश्वकर्माकाे व्यवस्थापन रहेकाे गाईजात्राकाे निर्देशन   जीवन खड्कीले गरेका छन।

गाईजात्रा  जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । गाई वा गाईको रूपमा सिँगारेर मानिसलाई नगर परिक्रमा गरेर यो पर्व मनाइने भएकोले यस पर्वलाई गाई जात्रा भनिएको हो ।
गाईजात्रा नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व रुपमा परिचित हुदै, नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *