गाेदावरीका कलाकर्मी संगितकर्मी संघमा गाेलबद्ध

  •   काभ्रे
  •   १४ पुष २०७८, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

गाेदावरीका कलाकर्मी संगितकर्मी संघमा गाेलबद्ध

अमर कृष्ण चन्द

ललितपुर, कलाकारितामा सक्रिय गाेदावरी नगरपालिकाका कलाकारहरु राष्ट्रिय संगितकर्मी संघमा गाेलबद्द भएका छन् ।
राष्ट्रिय संगितकर्मी संघ ललितपुरले गोदावरी नगरपालिका भित्रका कलाकारहरुलाई एकै ठाउँमा जमघट गरि गाेदावरी नगर कार्यसमिति गठन गरेको हाे । राष्ट्रिय संगीतकर्मी संघ ललितपुरको आयोजनामा संघका केन्द्रीय अध्यक्ष बिक्रमजं शाहको प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय अध्यक्ष शाहले राष्ट्रिय संगितकर्मी संघ कलाकारहरुकाे माैलिक अधिकारकाे लागि कटिबद्ध रहेको बताए । शाहले भने,”कलाकारले मनोरञ्जन त दिन्छन् नै, दुःख अप्ठेरो पर्दा दुखमा मलह्म पट्टि लगाएर साथ र सहयोग गर्ने काम पनि गर्छन् ।कलाकारहरुको हक हितको लागि अन्तिम श्वाससम्म लड्नेछु ।

संघको पुनर्गठनबाट अध्यक्षमा जस्तो अनुप न्यौपाने, सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा सम्झना खडका, उमेश तामाङ, बाबुकृष्ण सापकोटा, कृष्णकुमार महत, कोषाध्यक्षमा इन्दिरा बजगाई, सचिव बिशाल तामाङ, सह सचिव सुमन सन्जेल चुनिएका छन् ।
यसैगरी सदस्यहरु क्रमशः रत्नमान माली, प्रतिमा नेपाली, सुस्मिता अधिकारी, श्रेया श्रेष्ठ, सम्झना लामा चयन भएका छन् । नगर समिति सल्लाहकारमा मनिष शर्मा(हरि), दिपक दुलाल, हरिचन्द्र घिमिरे, राम राना, राम सुन्दर खड्का, अशोष्थामा अर्याल चुनिएका छन् ।

कार्यक्रममा गोदावरी नगरपालिका वडा अध्यक्षहरु भाष्कर थापा, मिलन सिलवाल, गिरिप्रसाद तिमल्सिना ,बाग्मति गाउपालिका वडा अध्यक्ष विष्णुप्रसाद तिमल्सिना लगायत अन्य सामाजिक अभियन्ताको साथै राष्ट्रिय संगीतकर्मी संघ ललितपुरका अध्यक्ष सुवास महत , महिला उपाध्यक्ष सबिना दाहाल , प्रवक्ता गोमा पाण्डे, सह – कोषाध्यक्ष सम्झना घिमिरे, सदस्य समीर तिमल्सिनाको सहभागिता रहेको थियो ।
प्रवक्ता पान्डेले नै उक्त कार्यक्रम संचालन गरेकी थिईन् ।

कार्यक्रममा जिल्ला अध्यक्ष महते भने, कलाकर्मीहरु लाई एक ढिक्का बनाउने प्रयत्न बिगत १० वर्ष देखि गर्दै आएको एक्लैले गर्दा कुनै पनि काम सम्भव नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *