गायक प्रेम सेन्चुरीको”परदेशले मलाइ रुवायो”चर्चाको शिखरमा~~~~
ईटरी बसाेबास थलाे भएपनि भाेजपुरकाे राउटे गाउमा जन्मिएका प्रेम सेन्चुरी हाल अमेरिकाको न्युयोर्कमा रहेका छन बिगत २ दशक अघिदेखिको सांगीतिक यात्रामा आफ्नै प्रस्तुतिका गीति एल्बम र फुटकर सबै गरेर दर्जनौं गीत गाइसकेका सेन्चुरील् “पर्देशले मलाई रूवायाे “गित केही दिन महिना अघि मात्र सार्वजानिक गरेका हुन ।

पर्देशमा बसेका नेपालीकाे यथार्थ चिन्तन गरिएकाे “पर्देशले मलाई रूवायाे “बाेलकाे गितकाे शब्द ,स्वर र रचना प्रेम सेन्चुरीकाे रहेकाे छ ।
“भुलेको छैन जन्मभुमी आमा
केहि दिनलाई मात्र टाढा भएको हुँ
बोल्दैन मान्छे परदेशमा पल-पल रुँदै-मर्दै बाँचेका छन् ॥॥॥
भबिस्यका सुनौला सपना बुन्दै लाखौं नेपालीहरु आफ्नो जन्मभूमिबाट टाढा बसेर कठिन पलहरु गुजारीरहेका छन्,पर्देशको कथा पिडा आफ्नै छ,”पर्देशिकाे यथार्थ चित्रण गरिएकाे गित राेबर्ट ब्राउन स्टुडियाेमा रेकडिङ भएकाे हाे भने विमल बुढाथाेकीले संगित एरेन्जर गर्नु भएकाे छ ।प्रेम सेन्चुरीकाे वाजमा सजिएकाे गिति एल्वम् विमल डागीकाे युटुव च्यानलबाट डिजिटल बजारमा सार्वजानिक गरिएकाे हाे ।

गित सार्वजानिक भएसंगै लाखौं दर्शक/स्रोताको माया पाएको छ,गीतलाई सबैतिर निकै रुचाईएको र धेरै नै राम्रो प्रतिक्रिया मिलिरहेको गायक सेन्चुरीले बताए,आफ्नो देश,घर-परिवार,गाउँ घर-बनपाखा छोडेर परदेशको भूमिमा सहनु परेको एक्लोपनसहितको छटपटी गीतको शब्दमा समेटिएको छ,बिरानो ठाउँमा सुख खोज्दा खोज्दै आधा उमेर बितिसकेपनि सुख नभेटिएको र जन्मभूमिको यादले हरपल सताईरहेको हुनाले आफ्नै देश फर्कने बाचा गीतमा गरिएको छ,
पूरा भिडियाे यहाँ हेर्नुहाेला :-
पर्देशको व्यस्त दैनिकीमा समेत समय निकालेर गीत-संगीतमा रमाउने प्रेमका अन्य थुप्रै नयाँ गीतहरुको पनि तयारी भईरहेको छ,गायक प्रेम सेन्चुरीले न्युयोर्क लगायत अमेरिकाका अन्य शहरहरुमा हुने गरेका थुप्रै कार्यक्रमहरुमा आफ्नो सांगीतिक प्रस्तुति दिईरहेका छन्,बिगतमा बिबिध कारणले सुस्ताएको आफ्नो संगीत कर्म अब निरन्तर रुपमा अगाडी बढ्ने कुरा प्रेम सेन्चुरीले जानकारी गराएका छन्
“भर्खर मेरो अब गित सगीत मा लाग्ने समय आए जस्तो छ ,एउटा समय र काल खन्ड पार गरी सकेको छु ,बिगत लाई पनि सम्झिंदै आगामी साँगितिक यात्रालाई अझै तिव्ररुपमा अगाडी बढाऊने छु” ।काेराेना महामारिले विश्व अाक्रान्त बनाएकाे छ ,अाफु पनि सुरक्षित बस्नुहाेला अरूलाई पनि सुरक्षित राख्नुहाेला ।
जय गितसंगित