गलत काममा सोर्सफोर्स चल्दैन, अपराधीसँग सम्झौता हुँदैन एसएसपि सिंह

  •   काभ्रे
  •   ८ मंसिर २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

कानुन सङ्गको काममा सोर्सफोर्स चल्दैन,अपराधीसँग सम्झौता हुँदैन काठमाडौं प्रहरी प्रमुख अशोक सिंह।

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा सरुवा भएका एसएसपी अशोक सिंह आज परिसर हाजिर भएका छन्

कमाण्ड सम्हाले लगत्तै उनले मातहतका निकायलाई कडा ब्रिफिङ गर्दै । काठमाडौंको शान्ति सुरक्षाका लागि आफूले कुनै कसर बाँकी नराख्ने जानकारी गराएका छन् ।

गलत काममा सोर्सफोर्स चल्दैन, अपराधीसँग सम्झौता हुँदैन कानुनको परिधी र संगठनको सिद्धान्तभित्र रहेर काम गर्ने बताएका छन् । ‘‘म पनि कानुन अनुसार चल्छु र संगठन पनि त्यसरी नै चलाउँछु एसएसपी अशोक सिंह ।

नेपाल प्रहरी भित्र अत्यन्तै व्यवसायिक प्रहरी मध्ये गणना गर्न सकिने सिंह जहाँजहाँ नेतृत्व लिए त्यहाँ एक किसिमको रामराज्य भएको छ ।

प्रहरी निरीक्षक हुँदा सोह्रखुट्टे बसेर ठमेल जस्तो ठाउँलाई आमुल परिवर्तन गर्दै गुण्डागर्दीलाई निर्मुल पारेका थिए । प्रहरी नायब उपरीक्षक हुँदा बिग्रीसकेको साँगाको स्कुल सपार्नमा सिंहको ज्यादै महत्वपूर्ण योगदान रहेको छ ।

गुण्डागर्दी आफ्नो शब्दकोष भित्र नरहेको बताउने सिंहले धादिङ र कास्कीको प्रमुख रहँदा गुण्डागर्दी र अवैध ढुङ्गाबालुवा खानी बन्द गराएका थिए ।

कास्कीमा कहिल्यै मिटरमा नचल्ने ट्याक्सीलाई मिटरमा चलाउनुको साथै लागू दुर्व्यसनीको अखडा मानिने पोखरा शहरलाई दुर्व्यसनी मुक्त शहर बनाएका थिए ।

जहाँजहाँ कमाण्ड गर्छन त्यहाँ अवैध कार्य गर्ने र गुण्डागर्दी गर्नेको निद हराम हुन्छ भने न्यायप्रेमी खुसीले गदगद हुने गरेका छन् ।

काठमाडौंमा उनी यस अघि एसपी हुँदा बसेर अनुभव सम्हालेका छन् भने सहायता कार्यदलको प्रमुख हुँदा काठमाडौंको गल्लीगल्लीको सबै कुरा बुझि सकेका प्रहरी अधिकृत हुन् ।

उनी आफ्नो कर्तव्यमा अशोक स्तम्भ जस्तै डगमग नगर्ने प्रहरी अधिकृतका रुपमा परिचित प्रहरी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *