खेम सेन्चुरीकाे “सोचेझै जिन्दगी रैनछ ” भाईरल

  •   काभ्रे
  •   १ भाद्र २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

“सोचेझै जिन्दगी रैनछ “खेम सेन्चुरी.. गित भाईरल बनेकाे छ।

सुमन ढकाल
काठमाडौ

लोक सांगितिक पाटोका एक चर्चित कलाकार,गायक संगितकार हुन् खेम सेन्चुरी।बजारमा सांगितिक क्षेत्रमा डटेर लाग्ने प्रतिबद्दता बोकेर यतिबेला लागीरहेका छन्। भाकामा अब्बल मानीने खेमको उस्तै मिठो आवाज छ। स्वरमा निखारपन छ भाकामा दम छ। धुन सुन्दा गदगद लाग्ने गित बन्छन्। यसै  मध्येको एक गित हो “सोचेझै जिन्दगी रैनछ”दर्शकको अपार माया र साथ पाएको गित खेम सेन्चुरी को लय र स्वर रहेको छ
“सोचेझै जिन्दगी रैनछ”। टिकटकमा समेत लाेकप्रिय रहेकाे छ।
       लोक गित क्षेत्रमा कहि राम्रा त कहि नराम्रा पनि हुने गर्छन्। धेरै गित खेमका लोकप्रिय बनेका छन्। सायद हजारौ गित खेमका भाईरल बनेका छन्। यसपालीको तिज खेम सेन्चुरीलाई मज्जाले लाग्यो। लगभक धेरै जसो गित चर्चामा आए। सेन्चुरी फास्ट अनी सेन्टिमेन्टल गितमा पनि अब्बल मानिन्छन्। पैलाका गित छप्पै माया लै लै ले पनि दर्शकको मन जितेको थियो।
  यो साल केही समय कोरोना भाईरसका कारणले गित संगित आउन रोकिए। लगत्तै देशमा लकडाउ भएपछि गित आयो ,कामी दाईको छोरो आयो त्यै गितले तहल्का पिट्यो ,अनि तिजको लहर आउदै गर्दा लरी लरी लै, गोल काक्री गल्क्यो, मायालु आजैलाई, आधा माया, सोचेझै जिन्दगी रैनछ ,यि सबै गितले असाध्यै माया पायो र दर्शक श्रोताको मन जित्न सफल भयो। अत: खेम सेन्चुरीको जिन्दगीले अगाडी बढ्ने मोड लियो। सोचेझै जिन्दगी भिडियो मा चर्चित मोडल अन्जली अघिकारी र रुबिना अधिकारीको अभिनय रहेको छ भने ओबि रायमाझी र लोमश शर्मालो पुरुष मोडलमा अभिनय गरेका छन्। गितलाई नेत्र अर्यालले शब्द कोरेका छन् भने खेम सेन्चुरी र मधु क्षेत्री को स्वर रहेको छ । छायांकन नवराज उप्रेती ,सम्पादन/कलर बिष्णु शर्माको रहेको छ भने भिडियो लाई निर्देशन गरेका हुन् प्रकाश भट्ट । दृश्य निर्माण साई भिजनको रहेको छ भने संस्कृति म्युजिक प्रालीले बजार ब्यबस्थापन गरेको छ।

भिडियो हेर्नुस :-

Leave a Reply

Your email address will not be published.