खड्काको नेतृत्वमा संगीतकर्मी संघ बाग्लुङ्ग
देशैभर आफ्नो शाखाको अधिवेशन धमाधम गरिरहेकाे राष्ट्रिय संगीतकर्मी संघलृ बाग्लुङ्ग शाखाको प्रथम जिल्ला अधिबेशनले रविन खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
गायक रेशम सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनले रबिन खड्काको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्बाचित गरेको हो । नवनिर्वाचित समितिमा उपाध्यक्ष योगेस मुखिया, महिला उपाध्यक्ष बिपना पुलामी मगर, महा सचिब दिपेन्द्र हमाल, सचीब सुरेस सुनार, सह सचिब बिजय थापा, प्रबक्ता दिपक थापा र कोषाध्यक्ष बिक्की खड्का चुनिएका छन् ।
त्यस्तै सदस्यहरुमा सुनिल बि.सि, रोशन मल्ल, सौगात नेपाली, प्रबिन विश्वकर्मा, बाबुराम खड्का, बिन्दु सुनार, मनिशा बि.सि., कृष्ण खड्का र सबिना खड्का चुनिएका छन् ।
संघको नयाँ कार्यसमिति निर्वाचित भए पछि संस्थाले जिल्लाका कलाकारहरुलाई समेटेर अघि बढ्ने र कलाकारका हक हित, अधिकार र सुरक्षाका कार्यक्रमहरु गर्दै जाने नवनिर्वाचित अध्यक्ष खड्काले जानकारी दिए ।
खड्काले अब जिल्लाका कलाकारहरुलाई आफ्नो हक अधिकार र सुरक्षाका बारेमा सचेत गराउन संस्थाले योजना बनाएर नै अघि बढ्ने प्रतिबद्धता समेत जनाए ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न