क्वारेन्टाइनमा राखिएका बेथानचाेक गाउँपालिका ४ का २३ बर्षीय १ युवामा कोरोना संक्रमण पुष्टि

  •   काभ्रे
  •   १४ असार २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

काभ्रे

Corona update


काभ्रेको बेथान्चोक गाउँपालिका ४ का एक २३ बर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित युवा भारतको दिल्लीमा काम गर्दै आएकामा असार २ गते नेपाल फर्किएका बताईएको छ । उनलाई हाल गाउँपालिकाकै क्वारेन्टाइनमा राखिएको छ ।
धुलिखेल अस्पतालमा उनको स्वाब परीक्षण पछि उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।। उनी जिल्लाको छैटौं कोरोना सक्रमित हुन् । यस अघि जिल्लामा ५ जनामा कोरोना सक्रमण देखिएको थियो । सबै संक्रमितहरु उपचार पश्चात निको भएर घर फर्किसकेका छ्न् ।याे समाचार तयार पार्दा सम्म नेपाल भर काेराेना संक्रमित संख्या १२७७२, निकाे भई फर्कनेकाे संख्या ३ ०१३र मृत्यु हुनेकाे संख्या २८ जना पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *