भाद्र ३० गते
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट कोभिड – १९ संक्रमित भई निको भएका ट्राफिक प्रहरीहरुसँग स्थलगत भेटघाट गर्नु भएकाे छ । महानिरीक्षकले कोरोना संक्रमित ट्राफिक प्रहरीको हौसलाका लागि अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्नेमा समेत जोड दिए ।

शान्ति सुरक्षा कायम गर्ने, कोरोना संक्रमण नियन्त्रण राजश्व चुहावट रोक्ने र सवारी दुर्घटना न्यूनिकरण गर्ने लगायतका प्रहरी कार्यमा दीर्घकालीन योजना निर्माण गरी लागु गर्नुपर्ने उनले बताए ।

कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी संक्रमणले धेरै प्रहरी कर्मचारी पनि संक्रमित भई अस्पताल र क्वारेन्टिनमा बस्नु परेको अवस्थामा सीमित प्रहरी जनशक्ति, साधन स्रोतको व्यवस्थापन र उचित परिचालन गरी सामुदायिक सुरक्षाका लागि प्रहरी खटिरहेकाे छ । रोग रोकथाम र नियन्त्रण गर्न प्रहरी सक्रिय रुपमा लाग्न समेत निर्देशन दिएका छन ।