
कोरोना संक्रमण विरुद्ध जनचेतनामुलक र्याली तथा मास्क वितरण
पोखरा, वैशाख-०३ गते,
जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कोरोना संक्रमण फैलन नदिन जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
कास्की कोरोना संक्रमणको उच्च जोखिम रहेको जिल्लाहरु मध्य एक रहेको र जिल्लामा संक्रमितहरु समेत दिनप्रतिदिन बढिरहेकाले जोखिम न्यूनिकरण तथा सचेतना अभिवृद्धिका लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

खुल्ला सिमानाका कारण मानिसहरुको सहज आवागमन, एकबाट अर्को ठाउँसम्मको सहज पहुँच र जनस्वास्थ्य सुरक्षाका आधारभूत मापदण्डहरुको समेत पालना नहुँदा नेपालमा पनि कोरोना संक्रमण बढिरहेको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले पनि पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या बढिरहेकाले आम नागरिकहरुलई स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन नगर्न र स्वयं स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले कोरोना संक्रमणको थप विषम परिस्थिति सिर्जना हुन नदिन प्रशासन एक्लैको सक्रियताले सम्भव नहुने बताउँदै आम नागरिकहरुले कोरोना घटनाउन र हटाउन जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गरी स्वयं सतर्कता अपनाई स्वास्थ्य सुरक्षा प्रति संवेदनशील हुन आग्रह गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गराउन र कोरोना भाइरसको संक्रमण थप फैलन नदिन प्रहरीले सरोकारवाला निकायहरुसंग समन्वय गर्दै विविध कार्यहरु गर्दै आइरहेको बताउनुभयो ।
- अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दोमा पदक हासिल गर्ने खत्रीलाई बेथानचाेकद्वारा ५० हजार पुरस्कार
- जिल्लाका सबै उद्योगी व्यवसायीलाई समेट्न प्यानलसहित चुनावमा होमिएका र्छौं /विश्वराज बज्राचार्य
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
सामुदयिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बोधराज कार्की, कास्कीमा क्रियाशील सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, नागरिक समाज कास्कीका अध्यक्ष तथा पदाधिकारीहरु, विभिन्न आमा समूह, युवा क्लबका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा सचेतनामुलक प्लेकार्डहरु प्रदर्शन सहितको र्याली तथा मास्क नलगाएकाहरुलाई तत्कालै मास्क बितरण समेत गरिएको थियो ।