
कोरोना नियन्त्रण सम्बन्धि सचेतनामूलक कार्यक्रमबाट ६६ हजार ७ सय ४७ जना लाभान्वित
काठमाडौं, १५ वैशाख
कोभिड-१९ को दोस्रो लहरबाट सिर्जित हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी यसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीद्वारा पछिल्लो २४ घण्टामा संचालित ४ सय ९१ वटा सचेतनामूलक कार्यक्रमबाट जम्मा ६६ हजार ७ सय ४७ जना लाभान्वित भएका छन् ।
कोभिड-१९ को संक्रमण रोक्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको हो ।
अभियानको क्रममा पछिल्लो २४ घण्टामा १७ हजार ९ सय ४७ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । मास्क नलगाई हिँडडुल गर्ने ३० हजार ८ सय ८३ जनालाई होल्डिङ जोनमा राखी सम्झाई बुझाई छाडिएको छ । तोकिएको मापदण्ड उल्लंघन गर्ने १ हजार २ सय ७१ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ । साथै मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन प्रहरीले सबैमा अनुरोध समेत गरेको छ ।

नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड-१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनहरूको चेकजाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रमहरू संचालन गरेको छ ।
- अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दोमा पदक हासिल गर्ने खत्रीलाई बेथानचाेकद्वारा ५० हजार पुरस्कार
- जिल्लाका सबै उद्योगी व्यवसायीलाई समेट्न प्यानलसहित चुनावमा होमिएका र्छौं /विश्वराज बज्राचार्य
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।