कोरोनाको महामारीमा बिदेशी भुमिमा नेपालीहरुकाे पिडालाई समेटेर तयार पारिएकाे :-“आउछु फर्केर “

  •   काभ्रे
  •   २३ जेष्ठ २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

कोरोना को महामारीमा बिदेशी भुमि मा रहेका नेपालीहरु काे पिडालाई समेटेर तयार पारिएकाे प्रभावन जे काे लाेक तथा दाेहाेरि गित “आउछु फर्केर” सार्वजनिक भएकाे छ ।डिएआर मुभिजले बजारमा ल्याएकाे उक्त गितमा लोक तथा दोहोरि गायक, सर्जक प्रभावनजे काे शब्द , लय र  स्वर रहेकाे छ भने स्मृति गाैतमले उनलाई स्वरमा साथ दिएकि छन् ।जीवन बडू को एरेन्ज रहेको गीतको  भिडियो मा सरोज दाहाल र अनु पराजुली को अभिनय रहेकाे छ । क्यामेरा पिटर गुरुङ , सम्पादन नबिन भट्ट, कला राजाराम गौतम र ब्यबस्थापन बिबेक चौलागाईं ले गरेका छन् ।

भिडियाे यहाँ हेर्नुहाेला :-

भिडियो निर्देशन प्रभावन जे कै रहेको छ । भिडियो निर्माणमा बिशेष सहयोग नकुल राउत र कलाकार श्याम धिताल ले गरेका छन् ।  केहि समय पहिले प्रभावन जे को टिमले सामाजिक सचेतनामुलक गितहरु कालापानि, काेराेना (covid-19), घरमै बसाैन, काे साथमा चेतनामुलक सर्ट मुभि बजारमा ल्याएकाे थियाे ।यो गित हामी सबै नेपालीको घरको कथा हो । सम्बन्धित निकाय को ध्यान पुर्याउने उद्देश्य ले बजार ब्यबस्थापन गरेको डिएआर मुभिज एंड फिल्म्स इ. प्रा लि. का संचालक सदस्य राजाराम गौतम ले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *