कोरोनाको उपचार गराईरहनु भएका धुलिखेल ७ का ९८ बर्षीय जेष्ठ नागरिकको मंगलबार निधन

  •   काभ्रे
  •   २ भाद्र २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

कोरोनाको उपचार गराईरहनुभएका धुलिखेल ७ का ९८ बर्षीय जेष्ठ नागरिकको निधन भएको छ ।

भदाै २गते

कोरोनाका कारण काभ्रेपलाञ्चाेक जिल्लामा दोश्रो ब्यक्तिको निधन भएको छ । ९८ बर्षीय जेष्ठ नागरिकको धुलिखेल अस्पतालमा उपचारको क्रममा मंगलबार विहान निधन भएको अस्पतालले जानकारी दिएको छ ।

धुलिखेल नगरको विकासमा योगदान पुर्याउनु भएका समाजसेवी ९८ बर्षीय जेष्ठ नागरिकको धुलिखेल अस्पतालमा उपचारको क्रममा मंगलबार विहान निधन भएको अस्पतालले जानकारी दिएको छ ।

छोरा बुहारीका साथमा बानेश्वर बस्नु भएको उहाँ ९८ औ जन्म जयन्ति मनाउन धुलिखेल आउनुभएको थियो । २०७७ साउन २७ गते कोरोना पुष्टी भएको थियो ।

उहाँमा कोरोना पोजेटिभ देखिए लगत्तै उहाँसँगै बस्ने बुहारी र छोरामा कोरोना पुष्टी भएको छ । उहाँहरु दुबै जना होम आईसोलेशनमा रहनुभएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिनुभयो ।

९८ बर्षिय समाजसेवीको पशुपतिको विद्युत्तिय शवदाह गृहमा अन्त्येष्टी गरिने तयारी भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. झाले जानकारी दिनुभयो । उहाँसँगै जिल्लामा कोरोनाको कारण निधन हुने २ पुगेको छ । यस अघि पाँचखाल नगरपालिका वडा नम्वर १ घर भएकी ५२ बर्षिया महिलाको कोरोनाकै कारण उपचारका क्रममा साउन २६ गते किस्ट अस्पताल काठमाडौमा निधन भएको थियो ।

जेष्ठ नागरिकको शब पशुपतिको विद्युत्तिय शवदाह गृहमा अन्त्येष्टी गरिने बताईएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जिल्लामा संक्रमति देखिएका ८० मध्ये २ को निधन भएको, ३४ जना उपचार पछि घर फर्किएको र बाँकी उपचारार्थ रहेको बताउनु भयो । हाल सम्म काेराेना संक्रमितकाे संख्या २७२४१ ,निकाे भई घर फर्कनेकाे संख्या १७४९५ र मृत्यु हुनेमा १०७ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *