
कोमल वलीले पाइन् गोजीमा गाँठ भएको व्यक्ति ! (भिडियो सहित)
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको आगमन शुरु हुनै लागेसँगै तीजका गीतहरुले बजार तताउँन थालेको छ । तीजको समयमा अरु समयको तुलना भन्दा धेरै गीतहरु युटुबमा सार्बजनिक हुने गरेको छ ।
तीजकै अबसर पारेर गायक प्रेम बरालको ‘गोजीमा गाँठ’ बोलको गीत युटुबमा सार्बजनिक भएको छ । गायक स्वंयम प्रेम बरालको शब्द तथा संकलनमा यो गीत तयार भएको हो । पोखराको मनोरम दृष्यमा छायांकन गरिएको यस गीतको भिडियोलाई म्युजिक नेपालको युटुब च्यानबाट सार्बजनिक गरिएको छ ।
“केहि समय अघि गायीका कोमल वली दिदिले गोजीमा गाँठ भएको व्यक्ति खोजेर गीत सार्बजनिक गर्नु भएको थियो । त्यसैको प्रति जबाफको रुपमा यो गीत तयार गरेका हौ ।” जानकारी गायक प्रेम बरालले जानकारी दिए । “तीज नजिकि रहँदा अलि कति मनोरञ्जन होस् भन्ने हेतुले मैले व्याङ्गत्मक गीत सिर्जना गरेको हो ।” उनले भने ।
दिपक जोशिको छायांकन रहेको उक्त गीतलाई सदिश जोशिले सम्पादन गरेका हुन् । सन्दिप पौडेलको निर्देशनमा तयार भएको उक्त गीतलाइ मस्र्याङ्गदि फिलिम्सले तयार गरेको हो ।