कोभिड-१९ को दोस्रो लहरबाट सिर्जित चुनौती सामना गर्न प्रभावकारी व्यवस्थापन गर्नुपर्ने : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री

  •   काभ्रे
  •   १२ बैशाख २०७८, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

कोभिड-१९ द्वारा सिर्जित चुनौती सामना गर्न प्रभावकारी व्यवस्थापन गर्नुपर्ने : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोभिड-१९ को दोस्रो लहरबाट सिर्जित हुन सक्ने समस्या तथा चुनौतीलाई दृष्टिगत गरी यसको नियन्त्रणका लागि चाल्नुपर्ने कदम तथा प्रभावकारी व्यवस्थापनमा प्रहरी कर्मचारीहरु सक्रिय रुपमा लाग्नुपर्ने बताउनुभएको छ ।

उपत्यकास्थित प्रहरी कार्यालयका प्रमुखहरूलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रमबीच निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनुभएको हो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कोभिड-१९ को संक्रमण रोक्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयन गराउनु प्रहरीको प्रमुख दायित्व रहेको चर्चा गर्दै यसका लागि अन्य सुरक्षा निकाय लगायतका सरोकारवाला हरुसँग आवश्यक समन्वय, सहकार्य र अनुगमनमा तिब्रता दिनुपर्ने बताउनुभयो । संगठनले तय गरेका नीति तथा योजनाहरुलाई व्यवहारमा लागू गर्दै परिणाम देखिने गरी कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सम्भाव्य चुनौती सामना गर्न बैकल्पिक व्यवस्थालाई थप प्रभावकारी बनाउनेतर्फ सबै प्रहरी कर्मचारीहरु अग्रसर हुनुपर्ने बताउनुभयो । कोभिड नियन्त्रणमा अपनाईने मास्क, स्यानिटाइजरको प्रयोग लगायतका सम्पूर्ण सुरक्षा विधिहरुको पूर्ण पालना गर्ने तथा उपचार व्यवस्थापन चुस्त राख्न समेत उहाँले निर्देशन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *