कोटेश्वरबाट लागु औषधसहित ६५ वर्षीय पुरुष पक्राउ

  •   काभ्रे
  •   १८ श्रावण २०७८, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौंको कोटेश्वरबाट प्रहरीले लागु औषधसहित ६५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । सप्तरीको राजबिराज घर भएका ६५ वर्षीय परमानन्द मेहतालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेशकुमार बस्नेतले बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले मेहताको साथबाट ३ हजार ७ सय १० एम्पुल नाइट्रोभ्याट, २ सय १५ एम्पुल फेनारगन, डाइजेपाम र नुर्फिन बरामद गरेको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका–४ बस्ने मेहताको साथबाट प्रहरीले ३२ पिस कोरेक्स र ७ पिस स्पाजोम बरामद गरेको छ । आरोपीबारे महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *