के बन्लान त महेश कर्माचार्य नेपाली काँग्रेस बनेपा नगरको सभापति ?

  •   काभ्रे
  •   २९ असार २०७८, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares
अरविन्द्र गाैतम

के बन्लान त महेश कर्माचार्य नेपाली काँग्रेस बनेपा नगरको सभापति ?


काभ्रेपलाञ्चोक, नेपाली काँग्रेसको १४ औँ अबिधेशन नजिकिँदै छ । महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र उमेरको विषय चर्चामा छ । युवाहरु लाई देश र पार्टी चलाउन पहल कदमी चालिरहेका छन । बनेपा बोइज क्लबका अध्यक्ष एवम नेपाली काँग्रेस बनेपा नगर सचिब महेश कर्माचार्य आउदै गरेको नेपाली काँग्रेसको १४ औँ अबिधेशनमा बनेपा नगरको सभापतिका दाबेदार हुन । 
महेश कर्माचार्य नेपाली काँग्रेस बनेपा नगर पार्टीको पहिलो तहका नेता हुन् । उनी निरन्तर नेतृत्व तहमा छन् । आसन्न महाधिवेशनमा पनि उनले नगर सभापति छाड्ने मनस्थिति बनाएका छैनन् । उनि प्रतिस्पर्धामा उत्रिन लागेका छन् ।

आखिर को हुन् त महेश कर्माचार्य ?

२०४६ साल बाट राजनीति सुरु गरेका महेश कर्माचार्य एक कुशल राजनीतिज्ञ हुन् । राजनीतिको साथ साथै उनी समाजसेवामा पनि कृयाशिल छन् । कोरोना महामारीको समयमा उनले फुड बैँक नै स्थापना गरी झण्डै ८ सय भन्दा बढि परिवारलाई खाद्यान्न वितरण गरेका थिए । २०४६/२०४७ सालमा नेपाल बिद्यार्थी संघ, काभ्रे बहुमुखी क्याम्पसमा सचिब भइ बिद्यार्थीहरुको हकहितको लागी लडेका थिए । २०५४ सालमा नेपाल तरुण दल बनेपा नगर समितिमा सचिव भइ जनताको सेवा गरेका थिए भने नेपाली काँग्रेसको १२ औँ महाधिवेशन बाट नेपाली काँग्रेस बनेपा नगर समितिको सचिव पदमा निर्बिरोध निर्वाचित भइ कार्यकाल अवधिभर बनेपा नगर बासिको काम गर्न लागी परेका थिए । त्यसका साथै २०७० सालको संबिधान सभाको चुनावमा नेपाली काँग्रेस बनेपा नगरपालिकाको लागी प्रचारप्रसार समितिका संयोजक भइ काम गरेका थिए । त्यस लगतै नेपाली काँग्रेसको १३ औँ महाधिवेशन बाट नेपाली काँग्रेस बनेपाको सचिव पदमा निर्बिरोध निर्वाचित भइ हाल सम्म कार्यरत छन् ।१३ औं महाधिवेशन पश्चात् नेपालमै पहिलो पटक देश भरका नगरहरुको नेपाली कांग्रेसका सभापतिहरुको सम्मेलन सफलतापुर्बक सम्पन्न गर्न सम्पुर्ण तवरले आफ्नो भुमिका निर्वाह गरेका थिए  । अबको केही दिनमा नै नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आउदै छ ।

यसका लागी सम्पुर्ण कार्यकर्ता नेताको धेरै नै दौडधुप चलेको छ कसलाई नगर सभापति बनाउने कसलाई सचिव बनाउने भनेर । महेश कर्माचार्य पनि नगर सभापतिका दाबेदार हुन् । कर्माचार्यले नेपाली काँग्रेस बनेपाको “बनेपा आवाज २०७३” र नेपाली काँग्रेस बनेपाको “बनेपा आवाज २०६९” नामक स्मारिकामा स्मारिका प्रकाशन संयोजक भई काम गरेका थिए  ।

महेश कर्माचार्य काभ्रे उद्योग बाणिज्य संघ बनेपा संयोजक, काभ्रे जिल्ला फुटबल संघको उपाध्यक्ष, टिम बिबिसी संयोजक, लायोँस क्लब अफ काभ्रे अध्यक्ष सल्लाहकार र धेरै वटा राष्ट्रिय स्तरका संघ संस्थाहरुको सल्लाहकारको रुपमा काम गरिसकेका छन् ।
कर्माचार्य बनेपा नगरमा होस या जिल्लामा भै परि आएका बिपत महामारीमा ती गरिब दिन दुखी असाहय जनताको सेवामा निरन्तर लागि परेका हुन्छन् । भै परि आएका विपतको समयमा नेपाली काँग्रेसका अरु कोहि देखिदैन्न तर उनी आफ्नो ज्यान जोखिममा राखेर जनताको सेवामा लागि परिरहेका हुन्छन् । 

कोरोना कहरको पहिलो लहरमा लगातार ४८ दिन सम्म दैनिक १५० देखी २०० जना रोजगार गुमाएर अपठयारोमा परेका आमाबुबा दाजुभाइ तथा दिदिबहिनीहरुलाई दिनको १ छाक खाना खुवाउने बेवस्था गरेका थिए  । बिगतमा गएको महाबिनाशकारी भुकम्पबाट पीडित काभ्रे र सिन्धुपाल्चोकका जनताहरुको घर दैलोमा कलाकार भुवन के सी र मेलिना मानन्धरसंग सहकार्य गरि राहतका प्याकेज  वितरण गरेका धेरै उदाहरण देख्न सकिन्छ  । बनेपा र काभ्रेकै नाम उच्च राख्न बनेपा ब्वाइज क्लबको अध्यक्षमा रही राष्ट्रिय स्तरीयमा फूटबल प्रतियोगिता बिबिसी बनेपा कपका विभिन्न संस्करणहरु पटक पटक संचालन गरेको गर्नुका साथै  विभिन्न जिल्लामा हुने राष्ट्रिय स्तरीयका फूटबल प्रतियोगिताहरुमा बनेपाको इज्जत रहने गरी सहभागी जनाएको र भाबी दिनमा बनेपालाई फूटबलको राष्ट्रिय लिगमा पुर्याउन उदेश्यले बिगत १२ बर्ष देखि निरन्तर लागी रहेका छन् ।यसका बाबजुद आफ्नो गाउँ ठाँउ  जिल्लाको उत्पादनहरुको बजार प्रबर्द्धन र बनेपा सास्कृतिक सम्पदा  रिति थितीहरुको बारेमा समग्र नेपालीहरुलाई जानकारी दिनुका साथै नयाँ कलाकारहरुलाई आफ्नो प्रस्तुति दिन मञ्च प्रदान गर्ने र अन्य कलाकरहरुले आय आर्जन गराउने त खेल्कुद बिधाका विभिन्न प्रतियोगिताहरु संचालन गरि आफ्नो प्रतिभा देखाउने अवसर प्रदान कर्माचार्यले गर्दै आएका छन । उनले दर्शक महानुभावहरुले भर पुर मनोरञ्जन लिन सकोस् भन्ने उदेश्यले बनेपा महोत्सव को विभिन्न संस्करनहरु सफलतापुर्बक आयोजना गरेको छ्न ।

नेपाली काँग्रेसको १४ औं अधिबेशनमा उनी नगर सभापति होलान् त ? सबै लाई चासोको बिषय बनेको छ । हुन त कर्माचार्य लाई पार्टीका उच्च स्तरीय नेताले प्रतिस्पर्धामा लगेको खण्डम उनका प्रतिद्वन्दी, प्रतिस्पर्धी लाई यसपालि निकै गा¥हो हुने महसुश कार्याकर्ताले गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *