
केन्द्रीय सदस्यमा कार्कीकाे उम्मेदवारी
अाजबाट चितवनमा सुरु हुने नेकपा एमालेकाे दशाैं महाधिवेशनमा रामेछाप जिल्लाका पुराना एमाले नेता ध्रुब कार्कीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।
रामेछापबाट पुराना एमाले नेता ध्रुब कुमार कार्कीले अाफ्नाे ३ दशकको राजनीतिक अनुभवलाई नेकपा एमालेको पार्टी संगठनलाई अझै मजबुत बनाउन १० औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्ने मनशाय व्यक्त गरेका हुन् ।
नेता कार्कीले अाफूले अहिलेसम्म पार्टीमा गरेको काम, त्याग र याेगदानकाे आधारमा पार्टीले मूल्यांकन गरे आफू केन्द्रीय सदस्यको शसक्त दाबेदार रहेको बताउँछन् ।
कार्कीसँग २०५४ सालकाे निर्वाचनमा जिल्ला सदरमुकाम समेत रहेको तत्कालिन मन्थली गा.वि.स.को अध्यक्ष भइ काम गरेको अनुभव समेत रहेको छ । उनी हाल एमाले रामेछापको सचिवालय सदस्य छन् । उनीभन्दा पछाडी संगठित भएकाहरु माथिल्लो कमिटीमा पुगिसकेको र गत स्थानीय निर्वाचनमा पनि पार्टीले कार्कीलाई मेयरको टिकट नदिएपछि एमाले रामेछापका नेता कार्यकर्ता कार्कीलाई केन्द्रीय सदस्य बनाउन उपयुक्त हुने धारणा राख्छन् ।
उनी निकटका कार्यकर्ता कार्कीमाथि बिगतमा अन्याय भएको भन्दै त्याे अन्यायलाई न्याय दिन पनि केन्द्रीय सदस्य बनाउनुपर्ने लाइनमा छन् ।सक्षम हुँदाहुँदै पनि कार्की प्रदेश कमिटीमा पनि नपरेपछि पार्टीभित्र बोल्नेको मात्र नभई कामको मूल्यांक हुनुपर्ने भन्दै आवाज निस्कन थालेकाे छ । पूँजीपति र बोल्नेहरुले मात्रै पद पाइरहने हो भने कम्युनिष्ट पार्टी भन्नुको अर्थ नहुने अाम कार्यकर्ताकाे गुनासो रहेको छ ।
कार्की भन्छन् , ‘मलाई विश्वास छ, कामको मूल्यांकन पक्कै हुनेछ र, म केन्द्रीय सदस्य बन्नेछु, मेरो उम्मेदवारी स्वभाविक छ ।’ गाउँमै बसेर पार्टी राजनीतिमा सक्रिय रहेका नेता कार्की कम बोल्ने र सबै वर्ग, समुदाय र उमेर समूहका व्यक्तिहरुसँग चाँडो घुलमिल हुन सक्ने नेता हुन् ।
जिल्लाको सबैभन्दा ठूलो क्याम्पस मन्थली क्याम्पसको अध्यक्षको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गरिसकेका कार्की केन्द्रीय सदस्यका बलियो दाबेदार हुन् । अाम कार्यकर्ताको चाहना समेत कार्कीलाई केन्द्रीय सदस्य बनाउने रहेको छ । नेकपा एमालेकाे १० अाैं महाधिवेशनमा रामेछापबाट केन्द्रीय महाधिवेशनमा ७ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।