
केन्द्रीय पिपुल्स भोलेन्टियर’ काठमाडौंको जिल्ला संयोजक अर्जुन बुढाथोकी लाई प्रहरीले पक्राउ गरेको छ
काठमाडौं । विभिन्न व्यक्तिबाट ८६ लाख २० हजार रुपैयाँ लिएको र उक्त रकम फिर्ता गरिदिने भन्दै आफ्नो नाममा रहेको बैंक खाताको चेक काटेर दिएका थिए । तर खातामा पर्याप्त रकम नभएको पाइएपछि पीडितहरुले जाहेरी दिएका थिए ।
बैंकिङ कसूर जन्य अपराध मा रुकुम जिल्ला साबिक शोभा गा.बि.स. वडा ३ को परिवतिॅत ऐ. रुकुम पूर्व जिल्ला सिस्ने गाउपालिका वडा ५ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा १४ बस्ने भिम वहादुर बुढाथोकी को नाती, देव वहादुर बुढाथोकी र दीपा बुढाथोकी को छोरा, बर्ष ३० को अर्जुन बुढाथोकी लाई बैंकिङ कसूर मुद्दामा जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले ग्रान्डी (धापासी ) बाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए ।
बुढाथोकी काठमाडौंको दरबारमार्ग मा रहेको रोयल क्यासिनोमा फ्लस टेवलमा लगानी गरी व्यवसाय गर्दै अाएका थिए ।