
फागुन २७ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घटनाका दोषी जेसिबी चालक भीमबहादुर बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टिमले पक्राउ गरेको छ ।
२०७७ साल फागुन १७ गते धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ मा रहेको खोल्सी भन्ने स्थानमा भित्री सडक सफा गर्दै गर्दा सोही स्थान बस्ने ४० वर्षीय सरस्वती कुमाललाई खाल्डो खनेर पुरिएको थियो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेर काठमाडौं ल्याएको छ । उनी घटनापछि भारतको हरिद्वार क्षेत्रमा लुकेर बसेको खुलेको सीआईबीका प्रमुख डीआईजी सहकुल थापाले हाम्रो टिमलाई बताए ।
प्रदेश नम्बर ३–०१–००३ क ६५६४ नम्बरको जेसिबीले माटो फाल्ने क्रममा डोजरको बकेटले लागेर घाइते भएकी महिलालाई खाल्डो खनेर जिउँदै पुरेको प्रहरीको दाबी छ । तर खाल्डो खनेर पुर्दै गरेको अवस्थामा स्थानीयले देखेपछि उनको उद्दार गरिएको थियो । यद्यपि उद्धारकै क्रममा महिलाको मृत्यु भएको थियो ।
धादिङ जिल्ला सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा घाँस बोकेर घरतर्फ फर्कँदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई एक्स्काभेटरले ठक्कर दिएको थियो । घाइते अवस्थामा उनी खाल्टोमा खसेकी थिइन् ।खाल्टोमा खसेपछि उद्धार गर्नुको साटो माटोले पुरेका थिए । स्काभेटरले महिलालाई पुरेको हल्ला गरेपछि मजदुरले खनेर उनको शव निकालेका थिए तर चालक भने हल्ला भएपछि फरार रहेकोे थियो । घटनापछि उत्तेजित भिडले एस्काभेटरमा ढुंगामुढा र आगजनी गरेको थियो ।
घटनापछि फरार भएका अभियुक्त बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो।
हत्यापछि धादिङबाट फरार भएका चालकलाई झण्डै ३ सातापछि भारतको हरिद्वारबाट पक्राउ गरी नेपाल ल्याएको हो ।
- अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दोमा पदक हासिल गर्ने खत्रीलाई बेथानचाेकद्वारा ५० हजार पुरस्कार
- जिल्लाका सबै उद्योगी व्यवसायीलाई समेट्न प्यानलसहित चुनावमा होमिएका र्छौं /विश्वराज बज्राचार्य
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा