काेराेना जाेखिमलाई सचेतना नियम पालना गराउदै ट्राफिक प्रहरी

  •   काभ्रे
  •   २१ श्रावण २०७८, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

कोरोना जोखिमलाई मध्यनजर सडकमा खटिने ट्राफिक प्रहरीले अहिले कारबाही मात्र होइन सचेतना नियम पालना गराउन लागि परेको छ । ट्राफिक महाशाखाले सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै विशेष अभियान थालेको ट्राफिक प्रहरी प्रमुख जनक भट्टराईले बताए । ट्राफिक प्रहरी कारबाहीसँगै कोरोना सम्बन्धित सचेतना लेखिएका प्लेकार्ड लिएर सडकका चोक चोकमा देखिन्छन् ।

‘कारबाहीमा मात्र होइन अब चालक समेत आफैँ सचेत हुनुपर्छ भनेर यस्तो अभियान लिएर आएका हौँ,’ एसएसपी भट्टराईले भने।

एसएसपी जनक भट्टराईका अनुसार ट्राफिक प्रहरी महाशाखा लगायत मातहतका ३४ वटा ट्राफिक कार्यालयबाट ट्राफिक प्रहरीहरू परिचालन गरिएको जानकारी दिए।

आज बिहानै बानेश्वर चोकमा हातमा प्लेकार्डसहित ट्राफिक प्रहरी निरीक्षक रामकृष्ण देवकोटा आफै सडकमा खटिएका देखिन्छन् । उपत्यकाका मुख्य मुख्य चोक एवम् भिडभाड हुने क्षेत्रमा नागरिकलाई सचेतना जगाउन, सामाजिक दुरीको पालना गराउन तथा सवारी साधनहरूमा हुने भिडभाड कम गराउनका लागि प्लेकार्डसहितको ट्राफिक प्रहरी टोली खटिएका छन् ।

प्लेकार्डमा सधैँ मास्क लगाएर यात्रा गरौँ, सवारी साधनमा सामाजिक दुरी कायम गरौँ, जथाभाबी हिँडडुल नगरौँ र ट्राफिक नियमको पालना गरौँ जस्ता कुराहरू लेखिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *