काेभिड कहरमा ‘ यात्रुहरुको आवतजावत र सुरक्षा व्यवस्थामा ध्यान दिइरहेका छौं /प्रहरी निरिक्षक शंकर खड्का

  •   काभ्रे
  •   २० जेष्ठ २०७८, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

जितेन्द्र खड्का

प्रहरीले सरकारले निर्धारण गरेको प्रोटोकलको अक्षरशः पालना गराउने काम गर्दै आएको छ ।काेभिड कहरमा ‘ यात्रुहरुको सहज आवतजावत र सुरक्षा व्यवस्थामा ध्यान दिइरहेका छौं प्रहरी निरिक्षक शंकर खड्का

कोभिड–१९ संक्रमणको दोस्रो लहर बढेपछि देशभरी प्रहरीको सक्रियता बढेको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको हो ।अभियानको क्रममा कलंकी ट्राफिक प्रभागका इन्स्पेक्टर शंकर खड्काले बताए ।

प्रहरीले सरकारले निर्धारण गरेको प्रोटोकलको अक्षरशः पालना गराउने काम गर्दै आएको बताए । ‘ यात्रुहरुको सहज आवतजावत र सुरक्षा व्यवस्थामा ध्यान दिइरहेका छौं,’ उनले भने ।

उनीहरुलाई स्वास्थ्य मापदण्ड पालना गराउने र कोभिड १९ को कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड–१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनहरूको चेकजाँच, सचेतनामूलक कार्यक्रमहरू मार्फत मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध समेत गरेको छ ।

निषेधाज्ञाको समयमा अनाधिकृत रुपमा मापसे सेवन गरी सरकारी सवारी साधन चलाउने अधिकृत हुमनाथ अर्याल र खगेश्वोर पाठक लाइ नियन्त्रणमा राखिएको छ|

निषेधाज्ञामा सरकारले तोकेको कार्यालय समयभन्दा पछि हिड्ने सरकारी होस् या प्राइभेट सबैलाई नियन्त्रणमा लिने गरेको कलंकी ट्राफिक प्रभागका इन्स्पेक्टर शंकर खड्काले बताए ।

गत वर्ष चैतदेखि नै प्रहरी कोभिडविरुद्ध अग्रमोर्चामा छ । सरकारले घोषणा गरेको जोखिम भत्ता पनि उनीहरुलाई दिएन । तर, यसले प्रहरीले आफ्नो जिम्मेवारीमा अलिकति पनि तलमाथि गरेको छैन । देशप्रतिको आफ्नो भूमिकालाई जिम्मेवारीसाथ निभाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *