कास्की सहित पोखरा महानगरपालिकामा जारि निषेधाज्ञा ५ दिन सम्म थप

  •   काभ्रे
  •   ७ भाद्र २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

पोखरा, भाद्र ७ गते

कास्की सहित पोखरा महानगरपालिकामा जारि निषेधाज्ञा ५ दिन सम्म लम्विएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला विपद व्ययवस्थापन समिती (डिसिसिएमसी)को बैठकले निषेधाज्ञालाई ५ दिन थपेको हो ।
प्रहरी उपरिक्षक जीवन श्रेष्ठकाे अनुसार बाहिर आएको हल्ला जस्तो गरी फैलिएको त होइन तर कोरोनाको प्रभाव रोक्न हामीले आफ्नो तयारी तीव्र पारेका छौँ”, उनले भने “समुदायमा सजिलै सङ्क्रमण नफैलियोस् भन्नका लागि सङ्कटग्रस्त स्थितिलाई रोक्न थप पहलकदमी आवश्यक छ ।”प्रहरी हाईअलटमा रहेकाे छ र काेराेना राेकथामकाे लागि अनावश्यक हिडडुल नगर्न माईकिङ समेत गरेका छाै ।
 कास्की पाेखरामा ५ दिनका लागि अाजबाट भदौ १२ गते शुक्रवार राती १२ वजे सम्म थप निषेधाज्ञा जारि रहने बताए ।

आज विहान मात्रै पोखरा महानगरको कोरोना रोकथाम मुल समितीले ३ दिन देखि ५ दिन सम्म पोखरा महानगरमा निषेधाज्ञा लम्व्याउन जिल्ला विपद व्यवस्थापन समितीमा सिफरिस गरेको थियो ।
सहज भएको वेलामा नागरिकहरूले स्वास्थ्य प्रोटोकलमा ध्यान नदिँदा भयावह स्थिति आउन सक्ने भएकोले नै निषेधाज्ञा जारी गर्नुपरेको बताउँदै प्रमुख  मानबहादुर जिसीले बैङ्किङ , सार्वजनिक यातायात र भिडभाड हुने स्थानहरूमा विशेष ध्यान दिइने उनले बताए । नागरिकहरूको चाहना र सुझबुझका साथ सँगै नागरिकहरूको आवाज लाई नै मध्ये नजर गर्दै निषेधाज्ञा जारी गरेको बताउँदै यो निषेधाज्ञाले कोभिड–१९लाई रोकथाम गर्न निकै सहयोग पुगेको बताए।
पोखरा लगायत कास्की जिल्लामा यही ३ गते राति १२ बजेबाट ५ दिनका लागि जारी गरिएको निषेधाज्ञा अाज ७ गते रातिबाट सकिँदै छ । पोखरामा कोरोना सङ्क्रमणको स्थितिलाई मध्यनजर गर्दै जोखिमलाई कम गर्नको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएकाे हाे  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *