कास्की प्रहरीले एकै दिनमा २८ जना प्रतिवादीलाई पक्राउ

  •   पाेखरा
  •   १६ भाद्र २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

एकै दिनमा विभिन्न मुद्धाहरुमा कैद र जरिवाना सजाय तोकी हाल सम्म फरार रहेका   २८ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ।

भाद्र १६ गते ,पाेखरा

दण्डहिनता बिरुद्धको अभियान अन्तरगत  कास्की जिल्लामा एकै दिनमा २८ जना फरार प्रतिवादी पक्राउ गरेकाे छ ।
   जिल्ला अदालत कास्की  तथा जिल्ला प्रशासन कास्कीको फैसलाले बिभिन्न मुद्धाहरुमा कैद र जरिवाना सजाय तोकी हाल सम्म फरार रहेका   २८ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ ।

  कास्की जिल्ला अन्तरगत बिभिन्न स्थानमा लुकिछिपी बस्दै आएका २८ जना फरार प्रतिवादीहरुलाई जिल्ला प्रहरी  कार्यालय तथा मातहतका प्रहरी कार्यालय बाट खटिई गएको प्रहरी टोलीले सरकारी छाप  दस्तखत कीर्ते मुद्धामा १ बर्ष कैद सजाय र रु.५० जरिवाना तोकी हाल सम्म फरार रहेका  अनिल थापा मगर , बैंङकिङ कसुर मुद्धामा ७ दिन कैद सजाय र रु.९,४०,०००।– जरिवाना तोकी हाल सम्म फरार रहेका  धिरज गुरुङ र .केही सार्वजनिक अपराध मुद्धामा रु.३५०।- देखी रु.५,०००।– सम्म जरिवाना तोकी फरार रहेका कास्की जिल्ला अन्तरगत बिभिन्न स्थान बस्ने २६ जना प्रतिवादीहरुलाई पक्राउ गरि   जिल्ला अदालत कास्कीमा  पेश गरिएको जिल्ला प्रहरी कार्यालय कास्किका  उपरिक्षक (sp)जीवन श्रेष्ठले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *